छोरा र छोरीबीच गरिने विभेदले महिलाको वृद्धि विकासमा असर « Khabarhub

छोरा र छोरीबीच गरिने विभेदले महिलाको वृद्धि विकासमा असर


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– पुरुषको शक्तिका कारण हरेक महिलाको वृद्धि विकासमा असर परेको जुम्लाका महिलाले बताएका छन् । सर्बोद नेपालको आयोजना र इटालियन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन भएको लैङ्गिक समानता सम्बन्धी कार्यक्रमका सहभागी महिलाले यस्तो बताएका हुन् ।

लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी तालिममा पुरुसत्व, पितृसत्तात्मक महिलाको दैनिकीमा परेको असरका बारेमा जुम्लाका झण्डै १ सय महिलालाई प्रशिक्षण दिइएको थियो ।

पुरुसत्व, पितृसत्तात्मक महिलामा घरेलु हिंसा निम्त्याएको सर्बोद नेपालकी बोर्ड सदस्य तथा महिला अधिकारका क्षेत्रकी अगुवा रेवती रावलले बताइन् । बच्चा जन्मिने बित्तिकै आमा-बुवाबाटै पुरुसत्व सोचको विकास हुने गरेको उनले बताइन् । छोरा र छोरीलाई लगाउने कपडा, शिक्षा, खानपिनबाटसमेत विभेद हुने गरेको उनले बताइन् ।

सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल खत्रीले पुरुषको ठाउँमा महिला ल्याउनको लागि ठूलो भूमिका खेल्नुपर्ने बताए । यसका लागी महिला स्वयं सक्षम हुन जरुरी रहेको उनको धारणा थियो ।

२१औं सताब्दीमा समेत महिला कमजोर हुनु चिन्ताको विषय भएको उनले बताए । ‘महिलालाई निरिह र कमजोर पार्न समाजकै कारक तत्त्व सक्रिय छन् । यसको विरुद्धमा महिलाहरू एक हुन आवश्यक छ,’ उनले भने ।

तातोपानी-३ की लालकली बुढाले पुरुषवादी सोचले नै आफूहरूले विभेद खेप्नु परेको बताएकी छन् । तिला गाउँपालिकाकी स्थानीय महिला लालकुरा सार्कीले पनि हरेक क्षेत्रमा पुरुषहरू नै हाबी हुने गरेको गुनासो गरेकी छन् । उनले महिलाको सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा पहुँच नभएको बताएकी छन् ।

पाताारासी गाउँपालिकाकी स्थानीय देवीडोल्मा तामाङले छोराछोरीबीचको विभेद जुम्लावासी महिलाका लागि चिन्ताको विषय बन्ने गरेको बताएकी छन् । उनले पातारसीमा बालविवाह हुने गरेको गरेकाले पनि महिलाहरू सानैमा बढी महिला हिंसाको सिकार हुने गरेको बताएकी छन् ।

तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले सानै उमेरमा आफूखुसी विवाह गर्ने गरेकाले पनि समस्या पैदा भइरहेको बताएकी छन् । सानो उमेरमा विवाह गरेका कारण परिवारभित्र तनाव, झगडा उत्पन्न हुने र यस्तो परिस्थितिमा युवतीको जीवन जोखिममा पर्ने गरेको बुढाले बताइन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  १० : ०० बजे

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

काठमाडौं– यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका

संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

काठमाडौं- संखुवासभा र धनुषा क्षेत्र नम्बर १ बाहेक सबैतिरको नतिजा

मध्यपूर्व युद्धको प्रभाव : तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल

एजेन्सी– मध्यपूर्वमा बढ्दो द्वन्द्व र तनावका कारण विश्व ऊर्जा बजारमा

रास्वपाबाट १२५ औँ सांसद बने सुधन, गोरखा–१ बाट दोब्बर मतले विजयी

गोरखा– आफूलाई जेन-जी अभियन्ताका रुपमा चिताउने ३८ वर्षीय सुधन राष्ट्रिय

भरूवा बन्दुकसहित एकजना पक्राउ

संखुवासभा– भोटखोला गाउँपालिका-४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मालाई भरूवा बन्दुक १