रास्वपाबाट १२५ औँ सांसद बने सुधन, गोरखा–१ बाट दोब्बर मतले विजयी « Khabarhub

रास्वपाबाट १२५ औँ सांसद बने सुधन, गोरखा–१ बाट दोब्बर मतले विजयी


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

गोरखा– आफूलाई जेन-जी अभियन्ताका रुपमा चिताउने ३८ वर्षीय सुधन राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिसभामा विजयी हुने १२५ औँ सांसद बनेका छन् ।

फागुन २१ गते भएको निर्वाचनअन्तर्गत सोमबमार आएको नतिजाअनुसार गोरखा क्षेत्र नम्बर १ बाट गुरुङ भारी मतान्तरसहित विजयी भएका हुन्।

निर्वाचन आयोगका अनुसार गुरुङले २९ हजार ८९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले १५ हजार ३९९८ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १४ हजार ४९८ रहेको छ ।

तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हरिराज अधिकारी रहे । उनले ११,१२४ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का रामचन्द्र लामिछानेले ३,७३२ मत पाएका छन्।

गोरखा–१ मा मुख्य प्रतिस्पर्धा रास्वपा र कांग्रेसबीच देखिएको थियो। तर सुधनले फराकिलो मतान्तर कायम गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भएका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : १२ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह