गृहमन्त्री खाँणबाट ६ महिनाको प्रगति विवरण सार्वजनिक « Khabarhub

गृहमन्त्री खाँणबाट ६ महिनाको प्रगति विवरण सार्वजनिक


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय सम्हालेपछिको ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । बिहीबार मन्त्री खाँणले नीतिगत र कार्यगत प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

७१ बुँदे विवरणमा संस्थागत नीतिगत तथा कार्यविधिमा गरेका सुधार, प्रहरीभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापन र लागूऔषध नियन्त्रणका लागि मन्त्रालयबाट भएका प्रगति समेटिएको छ ।

यो अवधिमा गृह मन्त्रालयले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको छ । त्यस्तै, अन्तर प्रदेश प्रहरी परिचालन निर्देशिकाको मस्यौदा तयार भएको, नेपाल प्रहरी र प्रदेश प्रहरीबीच अपराध नियन्त्रण र अनुसन्धान सहयोग समन्वयको कार्यविधि पनि तयार भएको विवरणमा उल्लेख छ ।

त्यसैगरी, गृह मन्त्रालयले निर्वाचन सुरक्षा योजनाको मस्यौदा पनि तयार गरेको छ । राजमार्ग सुरक्षा र अपराध नियन्त्रण तथा अनुसन्धानको कार्ययोजना पनि कार्यान्वयनमा आएको बताइएको छ । तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, फौजदारी कसुर कैद कट्टा दोश्रो संशोधन नियमावलीको मस्यौदा र नेपाल प्रहरी नियमावली संशोधन भई कार्यान्वयनमा आइसकेको जानकारी दिइएको छ ।

बेवारिसे शव व्यवस्थापन निर्देशिका र हातहतियार खरखजाना नियमावली दशौँ संशोधन मन्त्रिपरिषदबाट स्वीकृत भई कार्यान्वयनमा आएको प्रगति विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ९ : ०७ बजे

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण