उदयपुरमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध « Khabarhub

उदयपुरमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । पार्टीको संघर्षका कार्यक्रमअन्तर्गत प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागी चन्द समूहका नेता तथा कार्यकर्ताहरूले जनताको दैनिक जीवनसँग जोडिने आधारभूत पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

मङ्गलबार राति १२ बजेदेखि नेपाल आलग निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएर पेट्रोलको प्रतिलिटर १४२, डिजल र मट्टितेलको प्रतिलिटर १२५ कायम गरेपछि विरोध हुँदै आएको छ । विरोध कार्यक्रममा जिल्लास्थित जनवर्गीय संगठनका नेता तथा जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल र नगर ईन्चार्जहरूको उपस्थिति थियो ।

चन्द नेतृत्वको नेकपाले शुक्रबार नेपाल आयाल निगम घेराउको कार्यक्रम राखेको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ११ : १५ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि