नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्था आवश्यकः मुख्यमन्त्री भट्ट « Khabarhub

नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्था आवश्यकः मुख्यमन्त्री भट्ट


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीयस्वरूप अनुरूप आम नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।

बिमा समितिले बुधबार धनगढी गरेको सुदूरपश्चिम प्रदेश सरकारसँग बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।

उनले सुदूरपश्चिम प्रदेशमा बिमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकोमा खुशी व्यक्त गर्दै बिमाको बारेमा फरक–फरक बुझाइमा एकरूपता कायम गर्न बिमासम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालनलाई व्यापकता दिनुपर्ने पनि बताए ।

कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनतालाई बीमाको दायरामा ल्याउन प्रदेश सरकारले आर्थिक सहायता एवम् अनुदानको व्यवस्था गर्नुपर्ने बताए ।
कार्यक्रममा बिमासम्बन्धी जानकारीमुलक कार्यपत्र प्रस्तुत गर्दै बिमा समितिका निर्देशक पुजन ढुङ्गेल (अधिकारी) ले बिमा दाबी भुक्तानीलाई छिटोछरितो रूपमा सहज बनाउनुपर्ने बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री र प्रदेश मन्त्रालयका सचिवहरू, बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कैलालीका प्रमुख जिल्ला अधिकारी, बिमा कम्पनीहरू मेट लाइफ र नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १२ : ३५ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,