फर्किए डोलेश्वर आएका साधुसन्त « Khabarhub

फर्किए डोलेश्वर आएका साधुसन्त


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – शिवरात्री मनाउन भक्तपुरको डोलेश्वर महादेव मन्दिर आएका साधुसन्तलाई बिदाई गरिएको छ ।

महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा दिएर बिदाई गरिएको हो ।

डोलेश्वर दर्शन गर्न यो वर्ष दुई सय २४ साधुसन्त आएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले जानकारी दिए । डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गीकरण गरी दक्षिणा उपलब्ध गराएको अध्यक्ष चालिसेले बताए ।

‘क’ वर्गका साधुसन्तलाई १ हजार १ सय, ‘ख’ वर्गलाई ७ सय र ‘ग’ वर्गलाई ५ सय ५ रुपैयाँ तथा प्रत्येकलाई एक थान कम्बल, एक थान धोती प्रदान गरिएको उनले बताए ।

डोलेश्वरमा महाशिवरात्रि पर्वका लागि गत एक हप्ता अघिदेखि साधुसन्त आएका थिए । मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराकोसमेत व्यवस्था गरिदिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १० : ०७ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको