रोकिएन ओलीको ओरालो यात्रा « Khabarhub

रोकिएन ओलीको ओरालो यात्रा

शक्ति राष्ट्रसामु चुक्दै जाँदा चुनावमा सोत्तर हुने डर !



काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय नाकाबन्दीपछि ‘राष्ट्रवाद’को टुप्पी समात्दै एउटा श्लोगान सेट गरेका छन्, ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने ।’ शक्तिसँग नझुक्ने भनिएका ओली भारतीय शक्तिसँग निरन्तर झुक्दै नेपाली राजनीतिमा उदाएका पात्र हुन् ।

महाकाली सन्धीमा एमाले फुटाएर पनि भारतीय चाहनामा काम गरेका ओली त्यसयता राजनीतिक उचाई हासिल गर्न सफल भए । २०७२ सालमा भारतीय नाकाबन्दीको विरोध गरेकै भरमा राष्ट्रवाद भन्दै चिच्याएर शक्तिमा पुगेका ओलीले त्यसयता माओवादीसँग मिलेर झण्डै दुईतिहाई शक्ति आर्जन गरे ।

तर शक्तिको उन्मादले ओलीले त्यसलाई तीन वर्ष पनि किटाउन सकेनन् । माओवादीसँग मिलेर बनेको नेकपा फुट्यो । ओलीकै कुराजनीतिक कदमले संसद् विघटन भयो । देश अस्तव्यस्त भयो । दुई तिहाई शक्ति आर्जन गर्ने पार्टी बनेको नेकपा चोइटियो ।

एमाले र माओवादी अलग अलग भयो । संसद् विघटनलाई सर्वोच्चले बदर गर्दा ओलीको प्रधानमन्त्री पद चैट बन्यो । बालुवाटारमा लगातार तीन वर्ष रजाई गरेका ओली बालकोटको बार्दलीमा पुगे । उनी मात्रै बार्दलीमा पुगेनन्, देशभर झण्डै चार वटा प्रदेशमा बनेका एमाले नेतृत्वका सरकार धमाधम ढले ।

सरकार ढलेसँगै ओली सत्ताबाट हुत्तिएर प्रतिपक्षीको कुर्सीमा सीमित बने । ओलीको सत्ता र शक्तिबाट ओरालो लागेको यात्रा त्यतिमै रोकिएन, एमाले फुट्यो । माधव नेपालसँग १४ जना सांसदले एमाले परित्याग गरे । यसले ओलीलाई एक्लाएको छैन । तर उनको सत्ताको दम्भी प्रवृत्तिमाथि कडा प्रहार गरेको छ ।

त्यसयता ओलीको पार्टी एमाले प्रतिपक्षीमा सीमित मात्रै छैन । सत्ता र संसद्मा समेत सडकमा धरी एमाले यतिबेला प्रतिपक्षी हुन सकिरहेको छैन । दोधारे प्रवृत्ति देखाएका माओवादी र नेकपा समाजवादीकै कार्यकर्ताले प्रतिपक्षी सडक ओगटिरहेका छन् ।

चुकेको मौका, छुटेको सत्ता !

प्रतिगमन उल्ट्याउने एउटा सुनौलो अवसर ओलीसामू थियो । त्यो भनेको ससद् विघटन उल्टिदा पनि सत्तामा रमाएको त्यो पल ओलीका लागि फिर्ता ल्याउने अवसर थियो । खासगरी आफू बालकोटमै बसेपनि नेता कार्यकर्तालाई मन्त्री बनाउने एक राम्रो मौका ओलीसामु थियो ।

एमसीसी पारित गर्ने बेला प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस र एमालेको सत्ता सहकार्य आवश्यक रहेको जोडबलमा ध्यान दिएका थिए । अमेरिका लगायतका शक्ति राष्ट्रसँग सम्बन्ध सुधार्ने र एउटा चरणमा फेरि सत्तामा पुग्ने ओलीको त्यो चाहना आफैले गर्दा कुठाराघात भयो ।

कांग्रेसले पटक पटक सत्तामा आउन आग्रह गरेपनि ओलीले सभामुख हटाउनुपर्ने दम्भी सोच राख्दा सत्ता गुम्यो । बालुवाटारमा प्रचण्ड र माधव नेपाल एमसीसी पारित गर्न सहमत भएपछि ओली बालकोटमै बार्दलीमा सीमित रहेका हुन् ।

उनको यो ओरालो यात्रामा अझै ब्रेक लागेको छैन । एक किसीमले ओलीले चाहेको र प्राप्त गरेको राजनीतिक अवसर कम्तीमा पाँच वर्षका लागि सुरक्षित थियो । तर ओलीको दम्भ र अंहकारले गर्दा त्यो चाहना र अवसर कुण्ठामा सीमित भयो ।

अहिले नपाउने तर एमसीसीले जुराउने सत्ता यात्रा ओलीको ओरालो यात्रालाई ब्रेक लगाउने अवसर थियो । त्यो पनि उनकै दम्भले छुट्यो । प्रचण्ड र माधव नेपाल बालुवाटारमा रमाइरहदा ओली बालकोटमै क्रोध पालेका छन् ।

चुनावमा सोत्तर हुने डर !

कम्तीमा अब चुनावका लागि पनि ओली सही ढंगले आफ्नो राजनीतिक कोर्स परिवर्तन गर्ने पक्षमा थिए । तर बढी दम्भ र अहंकारले त्यो पनि छुटाइदियो । यदि उनले पटक पटक चाहेको भनिएको स्थानीय तहको चुनावमा कांग्रेस, माओवादी र समाजवादीले गठबन्धनबाटै कब्जा गरेको खण्डमा ओली र एमाले आगामी निर्वाचनमा सोत्तर हुने डर छ ।

२०७४ सालको चुनावमा कांग्रेस जसरी सोत्तर भयो । त्यसरी नै अब सत्ता गठबन्धन कायम रहेको खण्डमा एमाले सोत्तर हुने सम्भावना छ । जो सत्तामा हुँदा पनि गाह्रो र प्रतिपक्षमा हुँदा पनि राजनीतिक अराजकता मच्चाउने एमाले प्रवृत्ति जनताबाट पाखा लाग्ने सम्भावना बढ्न सक्छ ।

तर राजनीति सँधै सम्भावना र रहस्यको भूमरीमा रहने भएकाले एमालेको संसार निश्चित छैन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १ : ५१ बजे

पत्रकारलाई आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

कर्णाली– यही फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन केन्द्रित गरेर

डा. शेखरको आठ बुँदे ‘अठोटपत्र’ : विराटनगरलाई ‘विशेष आर्थिक क्षेत्र’ बनाउने उद्घोष

विराटनगर– नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का

प्रमुख दलका वाचा : सबल र आत्मनिर्भर अर्थतन्त्र

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी– म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको