सीमा आयोगद्वारा जम्मू-कश्मीर सांसदहरूका सुझाव ग्रहण | Khabarhub Khabarhub

सीमा आयोगद्वारा जम्मू-कश्मीर सांसदहरूका सुझाव ग्रहण


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- जम्मू र कश्मीरका लागि सीमांकन आयोगले यसका सहयोगी सदस्यहरू तथा पाँच सांसद्हरुले दिएका सुझावहरुलाई ग्रहण गरेको छ। विधानसभा क्षेत्रहरूको सीमानाका विषयमा सांसद्हरुले केही सुझावहरु प्रदान गरेका थिए।

२०२० चैतमा गठन भएको आयोगको कार्यकाल चैत २१ गते सकिने भएकाले यो साता दुई महिनाको म्याद थपिएको हो। सेवानिवृत्त न्यायाधीश रञ्जना देसाईको अध्यक्षतामा र प्रमुख निर्वाचन आयुक्त सुशील चन्द्रको सदस्य रहेको तीन सदस्यीय आयोगको बिहीबारको बैठकमा केन्द्रीय मन्त्री तथा उधमपुरका सांसद जितेन्द्र सिंह, जम्मुका सांसद जुगलकिशोरको सुझाव र संयुक्त रुपमा प्रस्तुत गरिएको सुझावमाथि छलफल भएको थियो। कश्मीरका तीन नेशनल कन्फरेन्सका सांसद फारुक अब्दुल्ला, हसनैन मसुदी र मोहम्मद अकबर लोनले पनि आफ्नो सुझाव पेश गरेका थिए।

अनुसूचित जनजातिको सीमा र आरक्षणसम्बन्धी प्रस्तावको मस्यौदा सहयोगी सदस्यहरुलाई फागुन १४ गतेसम्म टिप्पणीका लागि दिइएको थियो। आयोगले सम्भव भएसम्म सिमाना जोड्नका लागि सुझावहरू स्वीकार गर्ने निर्णय गरेको एक अधिकारीले जानकारी दिए।

एक महिना भित्र जनताबाट सुझाव लिएर अन्तिम मस्यौदा प्रकाशित गरिने र सांसदहरूलाई संशोधित मस्यौदा दिइनेछ र उनीहरूको टिप्पणीहरू फेरि सोधिने ती अधिकारीले बताए। आयोगले जम्मूमा ६ र कश्मीरमा एक सिट थप्‍ने प्रस्ताव गरेको थियो।

शनल कन्फरेन्सका सांसदहरूले जम्मु र कश्मीरमा प्रति निर्वाचन क्षेत्र ६–एक अनुपात र जनसंख्याको भिन्‍नतामा आपत्ति जनाएका थिए।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  २ : ०६ बजे

कास्कीको हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र गतिमा हुँदै

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको

आज देशभरको मौसम यस्तो छ 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सिरिया अब कानुनी बाटोमा अगाडि बढ्यो : विद्रोही नेता अहमद

सिरिया – विद्रोही नेता अहमद अल साराले देशले लामो समयको

राज्य व्यवस्थासहित पाँचवटा समितिको बैठक बस्दै 

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ ।

महिला यू-१९ एसिया कप : श्रीलंकासँग भिड्दै नेपाल

काठमाडौं – महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज