रुसविरुद्धको युद्धमा होमिएका नेपालीले भिडियोमा यसो भने « Khabarhub

रुसविरुद्धको युद्धमा होमिएका नेपालीले भिडियोमा यसो भने


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँ भिषण लडाईहरु भइरहेका छन् । रुसी आक्रमणको सामना गर्न युक्रेनका सर्वसाधारण देखि राष्ट्रपति, सांसद र पूर्व मिस युक्रेन पनि डटेर लागिरहेका छन् ।

विश्व शक्तिराष्ट्र रुसको सेनाविरुद्ध लडिरहेको कमजोर देश युक्रेनका राष्ट्रपतिले केही दिनअघिमात्रै विदेशीहरुलाई युक्रेनी सार्वभौमिकताको रक्षार्थ रुसी सेनाविरुद्ध लड्नका लागि युक्रेन आउन आह्वान गरेका थिए । उनले युक्रेनी फौजमा बेग्लै ‘विदेशी डफ्फा’ (फरेन लिजन) को व्यवस्था गर्ने पनि घोषणा गरेका थिए ।

युक्रेनी राष्ट्रपतिको गुहार सुन्दै धेरै विदेशीहरु पनि अहिले युक्रेन पुग्ने क्रम बढेको छ । यही सन्दर्भमा एकजना नेपाली युवा पनि युक्रेनमा रुसी फौजविरुद्ध लड्न लागिपरेका छन् । अरु नेपालीहरुले सुरक्षित साथ युक्रेन छाडिरहेका बेला नेपाली युवा प्रताप बस्नेत रुसी फौजविरुद्ध लड्न अघि सरेका हुन् ।

युक्रेनबाट भिडियो सन्देशमार्फत् उनले आफू युक्रेनको पक्षबाट लड्न लागेको बताएका हुन् । रेडियो स्वोदाले सार्वजनिक गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सडकको किनारमा खिचेको जस्तो देखिने भिडियोमा उनले आफु युक्रेनको पक्षमा लाग्न पाउँदा गौरवान्वित महशुस गरिरहेको बताएका छन् ।
‘मलाई खुब गर्व लागिरहेको छ किनकी मैले युक्रेनको पक्षमा उभिने निर्णय गरेको छु । म अहिले सेनामा सहभागि हुन सैनिक बेस अगाडि उभिएको छु ।’ उनले भिडियोमा भनेका छन् ।

सही निर्णय गरेका कारण गर्व लागेको उनको भनाई छ । उनी भिडियोमा भन्छन्, ‘मेरो नाम प्रताप बस्नेत हो र म नेपालबाट आएको हुँ । यो भूमि युक्रेनको हो र रुसलाई उनीहरुको निर्णयमाथि हस्तक्षेप गर्ने कुनै अधिकार छैन ।’

‘पछिल्लो अवस्थाका कारण म रातभर सुत्न सकेको छैन । किनकी यो मानव अधिकार र मानवताको सवाल हो ।’ आफूलाई अहिले युक्रेनमा सुरक्षित महसुस नभएको भन्दै उनी भन्छन्, ‘म युक्रेनका लागि केही राम्रो गर्न चाहन्छु । किनकी म यहीँ काम गर्छु । गास बास पनि मलाई युक्रेनले नै दिएको छ । अनि यतिबेला युक्रेनलाई मेरो सहयोग चाहिएको छ र म सेनामा लाग्न आएको हुँ ।’

‘म अन्तिम श्वाससम्म युक्रेनकै लागि लड्नेछु यसमा मलाई गर्व छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  २ : २१ बजे

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित

एमालेका विशेष जिल्ला इन्चार्ज रमेशको बिदाइ, समीकको स्वागत 

काठमाडौं– नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा नयाँ इन्चार्जको

अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक

एजेन्सी– संयुक्त राज्य अमेरिकाले सार्वजनिक कल्याण र लाभको सम्भावित दुरुपयोगको

टी-२० विश्वकप : टीसीएलले सार्वजनिक गर्‍यो दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित