रुसविरुद्धको युद्धमा होमिएका नेपालीले भिडियोमा यसो भने « Khabarhub

रुसविरुद्धको युद्धमा होमिएका नेपालीले भिडियोमा यसो भने


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँ भिषण लडाईहरु भइरहेका छन् । रुसी आक्रमणको सामना गर्न युक्रेनका सर्वसाधारण देखि राष्ट्रपति, सांसद र पूर्व मिस युक्रेन पनि डटेर लागिरहेका छन् ।

विश्व शक्तिराष्ट्र रुसको सेनाविरुद्ध लडिरहेको कमजोर देश युक्रेनका राष्ट्रपतिले केही दिनअघिमात्रै विदेशीहरुलाई युक्रेनी सार्वभौमिकताको रक्षार्थ रुसी सेनाविरुद्ध लड्नका लागि युक्रेन आउन आह्वान गरेका थिए । उनले युक्रेनी फौजमा बेग्लै ‘विदेशी डफ्फा’ (फरेन लिजन) को व्यवस्था गर्ने पनि घोषणा गरेका थिए ।

युक्रेनी राष्ट्रपतिको गुहार सुन्दै धेरै विदेशीहरु पनि अहिले युक्रेन पुग्ने क्रम बढेको छ । यही सन्दर्भमा एकजना नेपाली युवा पनि युक्रेनमा रुसी फौजविरुद्ध लड्न लागिपरेका छन् । अरु नेपालीहरुले सुरक्षित साथ युक्रेन छाडिरहेका बेला नेपाली युवा प्रताप बस्नेत रुसी फौजविरुद्ध लड्न अघि सरेका हुन् ।

युक्रेनबाट भिडियो सन्देशमार्फत् उनले आफू युक्रेनको पक्षबाट लड्न लागेको बताएका हुन् । रेडियो स्वोदाले सार्वजनिक गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सडकको किनारमा खिचेको जस्तो देखिने भिडियोमा उनले आफु युक्रेनको पक्षमा लाग्न पाउँदा गौरवान्वित महशुस गरिरहेको बताएका छन् ।
‘मलाई खुब गर्व लागिरहेको छ किनकी मैले युक्रेनको पक्षमा उभिने निर्णय गरेको छु । म अहिले सेनामा सहभागि हुन सैनिक बेस अगाडि उभिएको छु ।’ उनले भिडियोमा भनेका छन् ।

सही निर्णय गरेका कारण गर्व लागेको उनको भनाई छ । उनी भिडियोमा भन्छन्, ‘मेरो नाम प्रताप बस्नेत हो र म नेपालबाट आएको हुँ । यो भूमि युक्रेनको हो र रुसलाई उनीहरुको निर्णयमाथि हस्तक्षेप गर्ने कुनै अधिकार छैन ।’

‘पछिल्लो अवस्थाका कारण म रातभर सुत्न सकेको छैन । किनकी यो मानव अधिकार र मानवताको सवाल हो ।’ आफूलाई अहिले युक्रेनमा सुरक्षित महसुस नभएको भन्दै उनी भन्छन्, ‘म युक्रेनका लागि केही राम्रो गर्न चाहन्छु । किनकी म यहीँ काम गर्छु । गास बास पनि मलाई युक्रेनले नै दिएको छ । अनि यतिबेला युक्रेनलाई मेरो सहयोग चाहिएको छ र म सेनामा लाग्न आएको हुँ ।’

‘म अन्तिम श्वाससम्म युक्रेनकै लागि लड्नेछु यसमा मलाई गर्व छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  २ : २१ बजे

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत