नेपाल सुपर लिग : मुख्य प्रशिक्षकमा बाल गोपाल नियुक्त « Khabarhub

नेपाल सुपर लिग : मुख्य प्रशिक्षकमा बाल गोपाल नियुक्त


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता टिम काठमाडौँ रेजर्सले बाल गोलपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनका क्रममा काठमाडौँले एनएसएलको दोस्रो संस्करणका लागि बाल गोपाललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।

यस्तै काठमाडौँले गोलरक्षक विकेश कुथुसँग मार्की खेलाडीको रुपमा सम्झौता नविकरण गरेको छ । पहिलो संस्करणको उपाधि काठमाडौँले जित्दा विकेश कप्तान र बाल गोपाल नै प्रशिक्षक रहेका थिए । पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक महर्जनले सम्पूर्ण टिम उपाधी जित्ने लक्ष्यका साथ तयारी गर्ने बताए।

त्यस्तै मार्की खेलाडी विकेश कुथुले यसपटक पनि आफ्नो टीमले नै उपाधी जित्नका लागि सम्पूर्ण शक्ति लगाउने बताए।

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ । दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौँमा हुनेछ ।

पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो भने उपाधी काठमाडौँ रेजर्सले नै जितेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ३ : ०१ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी बाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा