काँग्रेसको नवलपुर जिल्ला अधिवेशन आजबाट सुरु | Khabarhub Khabarhub

काँग्रेसको नवलपुर जिल्ला अधिवेशन आजबाट सुरु


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर-  नेपाली काँग्रेस नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को जिल्ला अधिवेशन आज सुरु हुँदैछ ।

निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र २१ गते मतदान गर्नेे गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

फागुन २१ गते हुने निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुईसचिव, दुई उपसचिव गरी पदाधिकारीको सात पदका लागि निर्वाचन हुने निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिए  ।

त्यसैगरी जिल्ला सदस्यहरूमा एउटा नगरपालिकाबाट एक महिलासहित तीन सदस्यका दरले चार वटा नगरपालिकाबाट १२ सदस्य, एउटा गाउँपालिकाबाट एक महिलासहित दुईसदस्य गरी चार वटा गाउँपालिकाबाट आठ सदस्य निर्वाचित हुने उनले बताए ।

त्यस्तै खसआर्यबाट दुई महिला र दुई खुल्ला सदस्य, जनजातिबाट तीन महिला र तीन खुल्ला सदस्य गरी ६ सदस्य दलित तथा थारुबाट एक–एक महिला र एक खुल्ला गरी दुई सदस्य, अल्पसङ्ख्यक वा अपाङ्गता भएका समुदायबाट एक सदस्यसहित कुल ४१ जनाको जिल्ला कार्यसमिति चयन हुने जनाइएको छ ।

एक हजार ९६१ जनाले जिल्ला अधिवेशनमा आफ्नो मत प्रयोग गर्ने छन् । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ताको कार्यक्रम नेपाली काँग्रेसको जिल्ला कार्यालयको बीपी स्मृति भवनमा र मतदान २१ गते शनिबार लुम्बिनी आदर्श कलेजमा हुने भएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ४ : १६ बजे

दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’लोकार्पण

काठमाडौं – वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उनका छोरा इन्जिनियर

विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा

एसपीलाई आमाचकारी गाली गर्ने अशोक यादवका आपराधिक मुद्दाको फेहरिस्त प्रहरीद्वारा सार्वजनिक

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता

भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बदनाम भयो : प्रदेश सभामुख बिष्ट

उदयपुर– कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले नेपालमा राजनीतिक दलका नेता

कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु

कराँची– पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२