भ्लादिमिर पुटिनको टाउकोको मूल्य तोकियो, जिउँदै वा मृत ल्याउनेलाई यति इनाम « Khabarhub

भ्लादिमिर पुटिनको टाउकोको मूल्य तोकियो, जिउँदै वा मृत ल्याउनेलाई यति इनाम


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसलाई युक्रेनविरुद्ध युद्धमा होमेका राष्ट्रपति भ्लादिमिर पुटिनको टाउकोको मूल्य तोकिएको छ । रुसका व्यापारीले रुसी राष्ट्रपति पुटिनको टाउकोको मूल्य १० लाख अमेरिकी डलर तोकेका हुन् ।

रुसी व्यापारी अलेक्स कोनान्खिनले पुटिनलाई पक्राउ गरेको खण्डमा रुसी सैनिक अधिकारीलाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल लिंकडेनमा एउटा सन्देश जारी गर्दै उनले पुटिनलाई पक्राउ गरेको खण्डमा १० लाखको इनाम घोषणा गरेका हुन् । ‘रुसी र अन्तर्राष्ट्रिय कानूनअनुसार युद्धअपराधी पुटिनलाई पक्राउ गरी संवैधानिक कर्तव्य पालना गरेको खण्डमा सैनिक अधिकारीहरूलाई म १० लाख अमेरिकी डलर इनाम दिने बाचा गर्दछु ।’ उनको सन्देशमा उल्लेख छ ।

‘पुटिन रुसी राष्ट्रपति होइनन्, उनी विशेष कारवाहीको नाममा रुसका आवासीय भवनमा विस्फोट गराएर शक्तिमा आएका हुन् । त्यसपछि स्वतन्त्र निर्वाचनलाई दमन गरेर र विपक्षीको हत्या गरी उनले संविधानको उल्लङ्घन गरेका छन् ।’

सन्देशमा उनले ‘वान्टेड : डेड अर अलाइभ भ्लादिमिर पुटिन फर मास मर्डर’ चाहियो : जिउँदै वा मृत, आम हत्याका लागि भ्लादिमिर पुटिन) लेखिएको छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ४ : १२ बजे

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

काठमाडौं– एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै अनलिमिटेड कम्बो प्याक

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा १२ पुल निर्माण सम्पन्न

गण्डकी– पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा १२ वटा पुल निर्माण

कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा आज झडप हुँदा पाँच कैदीबन्दी घाइते