बलेफी हाइड्रोपावर आईपीओमा फागुन २६ सम्म आवेदन दिन सकिने « Khabarhub

बलेफी हाइड्रोपावर आईपीओमा फागुन २६ सम्म आवेदन दिन सकिने


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलेफी हाइड्रोपावर आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको आईपीओको आवेदन समय पुन थपेको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

निष्कासन गरिएको शेयर मध्ये  ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरूका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरूका लागि  छुट्याएको थियो ।

आईपीओमा कुमारी बैंकको जलवीरे शाखा, एसीसी बैंकको बाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा  ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। उक्त शेयरमा न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ५ : ०७ बजे

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का

काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनोट

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,

ओलीलाई रिहा गर्न मागसहित तेस्रो दिन पनि एमाले सडकमा (तस्बिरहरू)

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा