प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा « Khabarhub

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग संवाद अघि बढाएका छन्।

संसद् अधिवेशन आह्वान भइनसकेको अवस्थामा शाहले सातै प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सोमबारदेखि संवाद अघि बढाएका हुन् ।

उनले सोमबार कोशी र कर्णाली प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सिंहदरबारमा संवाद गरे । त्यसक्रममा उनीसँग सांसदहरू दलका नेतामाथि भइरहेको धरपकडदेखि जनजीविकाका कुरा पनि उठाएका छन् ।

छलफलमा सहभागी धनकुटाबाट निर्वाचित नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकारले विकासका निम्ति हतार गर्नुअघि विधि बसाउन सुझाव दिएको खबरहबलाई बताए ।

‘बलियो सरकार बनेसँगै विकासका निम्ति जुन हतार गर्नु भएको छ । त्यसका लागि पहिले विधि बनाउनुस्’, उनले प्रधानमन्त्री शाहलाई भने, ‘अर्को कुरा नेपालमा धेरै समस्या छन् । तिनलाई हल गर्न रोजगारी बढाउनुपर्छ, रोजगारीका अवसर ल्याउनुपर्छ, त्यसमा तपाईंहरूले काम गर्नुस् ।’

राईले नेपाललाई समृद्ध बनाउन अब सरकारद्वारा लामो समयदेखि प्रतिबन्धित गरिएको गाँजालाई वैधानिकता दिनुपर्ने पनि बताएका छन् ।

नेपालमा लामो समयदेखि गाँजालाई वैधानिकता दिन कानुन निर्माणको कोसिस भए पनि अझैसम्म सफल हुन सकेको छैन । केही सांसदहरूको व्यक्तिगत पहलमा विधेयक निर्माणको कोसिस भए पनि मूर्तरुप पाएको छैन । तर बालेन्द्र नेतृत्वमा शक्तिशाली सरकार बनेकाले अब गाँजा खेती खुलाउनुपर्ने कुरा आफूले उठाएको राईले बताएका छन् ।

‘अब तपाईं नेतृत्वको यो शक्तिशाली सरकारले गाँजा खेतीलाई वैधानिकता दिनुपर्यो’, उनले प्रधानमन्त्रीलाई भनेको प्रसंग सुनाउँदै खरबहलाई भने, ‘अर्कातिर पहाडी क्षेत्रका कृषकलाई धेरै दु:ख दिएकाले मैले बाँदर नियन्त्रणका उपायबारेको कुरा पनि उठाएँ ।’

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  २ : ५५ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका