अमेरिकाले युक्रेनलाई दियो यस्तो हतियार, एकै जनाले विमान खसाल्न सक्ने « Khabarhub

अमेरिकाले युक्रेनलाई दियो यस्तो हतियार, एकै जनाले विमान खसाल्न सक्ने


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विगत एक सातायता रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले सयौँको सङ्ख्यामा जमिनबाट आकाशमा मार हान्ने स्टिङ्गर क्षेप्यास्त्र पठाएको खुलासा भएको छ । अमेरिकाका दुई अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएअनुसार यही साताको सोमबार अमेरिकाले युक्रेनलाई २ सय थान स्टिङ्गर क्षेप्यास्त्र आपुर्ति गरेको हो ।

गत शुक्रबार युक्रेनलाई हतियार सहयोग गर्ने बाचा गरेको ह्वाइट हाउसले ती क्षेप्यास्त्रहरु पठाएको जनाइएको छ । त्यसबाहेक अमेरिकाले युक्रेनलाई ट्याङ्क ध्वस्त पार्ने ज्याभलिन एन्टी टयाङ्क क्षेप्यास्त्र पनि आपुर्ति गरेको छ ।

यही साता जर्मनीले ५ सय र नेदरल्याण्ड्सले २ सय स्टिङ्गर क्षेप्यास्त्र युक्रेनलाई प्रदान गर्ने घोषणा गरेका थिए ।

एकजनाले मात्रै पनि बोकेर हिड्न र प्रहार गर्न मिल्ने स्टिङ्गर क्षेप्यास्त्र यसअघि अमेरिकाले तत्कालीन सोभियत संघविरुद्ध अफगानिस्तानमा लडेका मुजाहिद्दिन लडाकुलाई प्रदान गरेको थियो । मुजाहिद्दिन लडाकुको स्टिङ्गर आक्रमणबाट अफगानिस्तानमा २६० भन्दा धेरै सोभियत विमान तथा हेलिकोप्टर ध्वस्त भएको बताइन्छ ।
 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ५ : १८ बजे

जलवायु चुनौतीको समाधानमा साझा संकल्प आवश्यक : मन्त्री चौधरी

मुस्ताङ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण