मतदाता नामावलीमा त्रुटि भए फागुन २० देखि २६ गतेसम्म सच्याउन सकिने « Khabarhub

मतदाता नामावलीमा त्रुटि भए फागुन २० देखि २६ गतेसम्म सच्याउन सकिने


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि सच्याउनका लागि समयसीमा तोकेको छ ।

आयोगले मतदाता नामावली सच्याउने अवधि फागुन २० देखि २६ गतेसम्म निर्धारण गरेको जनाएको हो ।

स्थानीय तहको निर्वाचनका लागि तयार पारिएको मतदाता नामावलीमा त्रुटि भएको भए सच्याउन पनि आयोगले आग्रह गरेको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गरी कसैले झुठा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए यसको विरोधमा उजुरी दिन आग्रह गरेको छ ।

‘कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाईको मौका दिने जस्ता कृयाकलापहरू फागुन २० देखि २६ गतेसम्म सञ्चालन हुने छन,’ विज्ञप्तिमा भनिएको छ ।

यस प्रयोजनका लागि मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेब साइटमा हेर्न सकिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ५ : २५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,