अब विगतको त्रुटि दोहोर्‍याउँदिन : कमल थापा « Khabarhub

अब विगतको त्रुटि दोहोर्‍याउँदिन : कमल थापा


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटी, कमी कमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडी बढाउने बताएका छन्। राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तिहरु भएकोले अब त्यस्ता गल्तिबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताए ।

सम्बर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडी जाने बताउँदै थापाले परिवर्तन पश्चात्  मुलुक त्रुटिपूर्ण मार्गचित्रबाट जबर्जस्ति अगाडी बढाएकोले संकटको दलदलमा भासिएको बताए।

मुलुकको शिक्षा क्षेत्र गरिब जनताको छोराछोरीको पहुँचमा नभएको, व्यवसायिक र आत्मनिर्भर नभएको चर्चा गर्दै थापाले राप्रबिसं नेपालका विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा भएको विकृति विसङ्गतीको अन्त्यको निमित्त सक्रियता पूर्वक भूमिका खेल्न आग्रह गरे। कार्यक्रममा राप्रपा नेपालका नेताहरु राजाराम बर्तौला, लाक्पा लामा, ममता राई, उज्ज्वल पोखरेल, नगेन्द्र देउजा, सुजन अधिकारी, लक्ष्मण कडेल, विद्यार्थी नेताहरु कमल बम , शशि भण्डारी ,दिपेश शाह,राजु गैरे, त्रिबिक्रम सिंह लगायतले बोलेका थिए ।

 सो अवसरमा कमल बम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल गठनको घोषणा गरिएको छ । कमिटीको उपाध्यक्षमा  चेतराज सिंह, राजु गैरे, लक्ष्मण पौडेल , दिपक जोशी रहेका छन् भने महा सचिबमा सचिन अधिकारी र दिपेश शाह रहेका छन् भने सह-महासचिव  तेज कार्की र समीर थापा, सचिब सरोज तिमल्सिना ,अस्मिता बम, कमल सुनार, शिबराम घिमिरे ,आर्यन पाण्डे   र प्रवक्तामा त्रिबिक्रम सिंह छन् भने सह-सचिवमा विशाल राउत,सम्पदा अधिकारी  र सन्दीप खड्का रहेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ६ : ०९ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी