९ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी « Khabarhub

९ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्नो मुलुकविरुद्धको आक्रमणमा रुसका ९ हजार सैनिक मारिएको युक्रेनले दाबी गरेको छ। एक साता यता जारी युद्धका क्रममा युक्रेनी पक्षबाट ९ हजार रुसी सैनिक मारिएको युक्रेनी सरकारले दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि रुसको रक्षामन्त्रालयले युक्रेनमा जारी आक्रमणमा ४९८ सैनिक मारिएको उल्लेख गरेको थियो । रुसी रक्षामन्त्रालयले अरु १५९८ रुसै सैनिक घाइते भएको उल्लेख गर्दै अरु धेरै युक्रेनी सैनिक पनि मारिएको दाबी गरेको थियो ।

रुसी सेनाले गत फेब्रुअरी २४ मा युक्रेनविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो ।

बेलायत, अमेरिका, क्यानडा र युरोपेली सङ्घलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन्। यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घका अनुसार रुसी हमलाको कारण अहिलेसम्म १० लाख मानिस युक्रेनबाट छिमेकी मुलुकमा पलायन हुन बाध्य भएका हुन्।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ७ : २५ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त