विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवासँग महामन्त्री शर्माको आग्रह « Khabarhub

 विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवासँग महामन्त्री शर्माको आग्रह


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गरेका छन् ।

मध्यपुरथिमि–४ बालकुमारीमा नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिले आज गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले  राजनीतिदेखि विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आग्रह गरेका छन्  । 

पाँच वर्षका लागि चुनाव जितेको नेकपाले सरकार चलाउँदा केपीशर्मा ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने तर तीन वर्ष पनि सरकार चलाउन नसक्ने भन्दै उनले ओलीले अहिले पनि दादागिरी प्रस्तुत गरेको टिप्पणी गरेका थिए  ।

नेकपाकै सरकार रहेका बेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बुढानीलकण्ठमा गएर सरकार बुझाएपछि देशका लागि काँग्रेसले सरकारको नेतृत्व गर्नुपरेको उनको भनाइ थियो । 

एमाले अध्यक्ष ओली आफैँले मन्त्रिपरिषद्बाट निर्णय गराएर एमसीसी सम्झौता संसद्मा दर्ता गराएकाे भन्दै उहाँले संसद्मा नाराबाजी गरिरहँदा कुनै पनि दिन एमसीसी मूर्दावाद नभन्नु, एनसीसीका बारेमा बोल्दै नबोल्नु एमालेको पनि एमसीसीमा समर्थन थियो भन्ने पुष्टि हुने भनाइ राखेका थिए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति दूर्लभ थापा, सभापतिका प्रत्यासी युवा नेता अष्टकुमार कँवे, मध्यपुर नगर सभापति हरिदास प्रजापतिलगायतले चुनावी अभियान सुरु भएको भन्दै आगामी निर्वाचनमा काँग्रेसको जित सुनिश्चित हुने गरी एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए  ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ८ : २२ बजे

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई 

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय

हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने कार्यको जग बस्यो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक,

‘एचाइभी सङ्क्रमितलाई अझै समाजले  हेयको दृष्टिले हेर्दछन्’

टीकापुर– एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधि उपचार गर्दा