जथाभावी फोहोर रोक्न घरघरमा स्टिकर टाँस्दै तिलोत्तमा नगरपालिका « Khabarhub

जथाभावी फोहोर रोक्न घरघरमा स्टिकर टाँस्दै तिलोत्तमा नगरपालिका


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- सार्वजनिक ठाउँमा फोहर फाल्न रोक्नका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरघरमा स्टिकर टाँस्न थालेको छ । सर सफाई अभियानलाई नगरबासीको घर-टोलमा केन्द्रित गर्दै नगरपालिकाले फोहर जथाभावी फ्याँक्न रोक्नका लागि यस्तो अभियान चलाएको हो । 

प्रत्येक घर, व्यवसायिक प्रतिष्ठान, संघ-संस्था, निकायमा जथाभावी फाहोर नगर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गरेर नगरपालिकाले सरसफाई अभियानलाई थप प्रभावकारी बनाएको हो । नगरपालिकामा नियमित रुपमा टोल विकास संस्थामार्फत् नियमित रुपमा समुदाय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ ।

यही अभियानलाई थप प्रभावकारी बनाउँदै सबै नगर बासीलाई थप सचेत गराउन स्टिकर टाँस्ने कार्य अघि बढाइएको वातावरण शाखाले जनाएको छ । नगरपालिकाले टोल विकास संस्था र खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको समन्व्यमा घर=घरमा सरसफाई गर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गर्न सुरु गरेको छ ।  सार्वजनिक स्थान, विद्युत्पोल, मुख्य चोकहरुमा समेत सचेतना अभिवृद्धिको लागि स्टिर टाँस गरिनेछ । प्रतिबद्धता स्टिकर टाँस गरी सबै घरधनीबाट प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने गरी यो अभियान थालिएको हो ।

प्रतिबद्धता स्टिकर टाँसपछि जथाभावी फोहोर गर्नेलाई निरुत्साहित र घर, परिवार, टोल, समुदाय सफा राख्नेलाई पुरस्कृत गरिने नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेलले बताए । उनका अनुसार नगरमा रहेका खानेपानी उपभोक्ता संस्थासँगको सहकार्यमा टोल विकास संस्थाहरुले यो अभियान हरेक नगर बासीको घरमा पु-याउने छन् ।

यसैक्रममा सोही अभियानको सन्दर्भमा नगरपालिका, सञ्जाल र  शंकरनगर खानेपानी उपभोक्ता तथा सर सफाई संस्थाको संयुक्त आयोजनामा बिहीबार वडा नं. १, २, ३ र ४ का टोल सञ्जालका पदाधिकारी तथा खानेपानीका पार्षद्हरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएको भएको छ । त्यस अवसरमा नगर प्रमुख बासुदेव घिमिरेले टोल विकास संस्था र खानेपानी सेवा क्षेत्रका पदाधिकारीहरुलाई स्टिकर हस्तान्तरण गरे ।

कार्यक्रममा नगर प्रमुख घिमिरेले पूर्ण सर सफाई उन्मुख नगरपालिकालाई दिगो बनाउन स्टिकर अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले नगर बासीको सहयोग र सहकार्यले तिलोत्तमाले विभिन्न रचनात्मक काम गरेको बताउँदै यो सर सफाई अभियन्ताहरुप्रति आभार व्यक्त समेत गरे । यस्तै खानेपानी तथा सर सफाई डिभिजन कार्यालयका प्रमुख गुणानिधी पोखरेलले तिलोत्तमामा निर्माणका क्रममा रहेका खानेपानी आयोजना छिट्टै सम्पन्न हुने क्रममा रहेको बताउँदै आयोजना सम्पन्न हुँदा सबै नगर बासी स्वच्छ खानेपानीको पहुँचमा पुग्ने बताए ।

त्यसअवसरमा मुलुककै उत्कृष्ट खानेपानी आयोजनाको रुपमा शंकरनगर खानेपानी संस्थालाई विभागको तर्फबाट प्राप्त भएको सम्मान पत्र अध्यक्ष झविन्द्र भण्डारीलाई हस्तान्तरण गरिएको थियो । यस्तै टोल विकास संस्था सञ्जाललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

खानेपानी संस्थाका अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षता, उपाध्यक्ष डिलबहादुर भट्टराईको स्वागत, सचिव कमला भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा वडा नं. ३ का वडाध्यक्ष टंकप्रसाद तिवारी, खानेपानी उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव धिताल, नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेल, नगरपालिकाकी वरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरे, वातावरण शाखाका गोरखनाथ खनाललगायतले बोलेका थिए । 

यसअघि नगरपालिकाले करहिया खानेपानी उपभोक्ता तथा सर सफाई संस्थासँगको सहकार्यमा यस्तै प्रकारको कार्यक्रम गरी स्टिकर टाँस अभियान सुरु भैसकेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ७ : १६ बजे

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले