निगमसँग व्यवसायीको ४ बुँदे सहमति, आन्दोलन फिर्ता भएसँगै खुले डिपो   « Khabarhub

निगमसँग व्यवसायीको ४ बुँदे सहमति, आन्दोलन फिर्ता भएसँगै खुले डिपो  


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलित व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।

पछिल्लो समय इन्डियल आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको मूल्य बढेर आएको भन्दै  नेपाल आयल निगमले बिक्रेतालाई दिने कमिसन नदिने निर्णय गरेको थियो ।

सो निर्णयको विरोधमा व्यवसायीले ढुवानी नै रोकेपछि शनिबार राति निगमले ४ बुँदे सहमति गरेको हो । नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सात दिनभित्र ढुवानी भाडा समायोजन गर्ने सहमति जुटेपछि आन्दोलनका कार्यक्रम  स्थगित भएको हो।

योसँगै आज बिहान ८ बजेदेखि सम्पूर्ण डीपो सञ्चालनमा आउँदैछन् ।  सहमतिपत्रमा भनिएको छ, ‘पेट्रोलियम विक्रेता कमिसनसम्बन्धी र बुँदा नं ६ को एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्नेगरी आवश्यक कार्य गर्ने सहमति भयो । पेट्रोलियम पदार्थका उभोक्ताहरुलाई सहज र सरल ढंगले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डीपो आइतबार बिहान ८ बजेबाट सञ्चालन गरिने छ।’

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : ३१ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको