प्रधानमन्त्री देउवा बनारसमा « Khabarhub

प्रधानमन्त्री देउवा बनारसमा


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारस पुगेका छन्।

प्रधानमन्त्री देउवालाई बनारसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे। देउवाले बनारसका विभिन्न धार्मिक स्थलहरूको दर्शन गर्ने कार्यक्रम रहेको छ। भारतको नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पर्ने बनारस हिन्दु पवित्र आस्थाको केन्द्र मानिन्छ। प्रधानमन्त्री देउवा आजै अपराह्न ४ बजे बनारसबाट दिल्ली फर्किने र ४ः१५ मा दिल्लीबाट काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री देउवाले हिजो भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटेका थिए। हैदरावाद हाउसमा भएको भेटवार्तापछि नेपाल र भारतबीच जनकपुर–जयनगर रेललाइन उद्घाटन, १३२ केभीको सोलु करिडोर प्रसारण लाइनको उद्घाटन,  रुपवे कार्डको उद्घाटन र भारत सरकारको सहयोगमा बनेका १ सय ३२ वटा स्वास्थ्य चौकीको उद्घाटन गरेका थिए।

हिजै नेपाल र भारतबीच चारवटा सम्झौता भएका थिए। दुबै प्रधानमन्त्रीको रोहबरमा रेलवे सम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थको सहज आपूर्ति, अन्तर्राष्ट्रिय सोलार एलाइन्समा नेपालको असहभागिता र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।

हिजो बिहान प्रधानमन्त्री देउवाले राजघाट पुगी महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गरेका थिए। हिजो साँझ कन्फेडेरेसन अफ इन्डियन इन्ड्रस्टीले आयोजना गरेको  अन्तरक्रियामा सहभागी प्रधानमन्त्री देउवाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए। उनले विदेशी लगानीकर्ताका लागि सहज वातावरण बनाउने सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए।

शुक्रबार भारत पुगेका प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसंग भेटवार्ता गरेका थिए। त्यस्तै शुक्रबारै सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालयमा गई छलफल गरेका थिए।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १० : ३३ बजे

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम