मदनकृष्णलाई मन पर्‍यो ‘हेल्लो जिन्दगी’ « Khabarhub

मदनकृष्णलाई मन पर्‍यो ‘हेल्लो जिन्दगी’


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘हेल्लो जिन्दगी’ ले फिल्मकर्मीबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ ।

शुक्रबार ललितपुरको लबिम मलमा ‘हेल्लो जिन्दगी’ हेरेपछि वरिष्ठ अभिनेता मदन कृष्ण श्रेष्ठले आफूलाई फिल्म मन परेको प्रक्रिया दिए । ‘फिल्म राम्रो बनेको छ, कतै नअल्झीकन कथा बगेको छ । विदेशमा बस्नेहरूको समस्या पनि देखाइएको छ,’ उनले भने,‘कतै ध्यान नदिई हेरें। सबैलाई हेर्न आग्रह गर्दछु ।’ उनले फिल्मले मनोरञ्जनका साथै मिठो सन्देश पनि प्रवाह गरेको बताए ।

अर्का अभिनेता रवीन्द्र झाले पनि ‘हेल्लो जिन्दगी’ मन परेको बताए । उनले फिल्ममा सत्य घटनालाई प्रस्तुत गरिएकाले आफूलाई मन परेको बताए ।

गायक तथा संगीतकार यमन श्रेष्ठले पनि फिल्म रुचाए । ‘फिल्मले सुरुदेखि नै ‘होल्ड’ गर्छ । फिल्मको हरेक पक्ष राम्रो लाग्यो । सस्पेन्स, ट्विस्टहरु एकदम ठिक ठाउँमा छन् । फिल्मले मनोरञ्जन मात्र नभई सन्देश पनि दिन्छ ।’ उनले भने ।

अर्का अभिनेता तथा डा. समीर दीक्षितले पनि ‘हेल्लो जिन्दगी’ को तारिफ गरे । ‘फिल्म बहुत मन पर्‍यो । एकदम स्ट्याण्डर लाग्यो । सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु ।’

दर्शकसँगै बसेर फिल्म हेर्दा निकै आनन्द लागेको निर्देशक एभरेष्ट सूर्य बोहराले बताए । बोहरा निर्देशित फिल्ममा बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, मनोज केसी, ध्रुव दत्त, कुमुद पन्तलगायतले अभिनय गरेका छन् ।

सत्य घटनाहरुबाट प्रभावित फिल्मको निर्मातामा बिक्रम डि जोशी र हिराल जोशी छन् कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मसँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् ।

निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा, निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा/सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् । काठमाडौँ, मुस्ताङ र युकेका विभिन्न स्थानमा खिचिएको फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको हो ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : ५८ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार