विभेदविरुद्ध सडक र संसद्‍मा लडाइँ गर्नुपर्नेमा अध्यक्ष यादवको जोड « Khabarhub

विभेदविरुद्ध सडक र संसद्‍मा लडाइँ गर्नुपर्नेमा अध्यक्ष यादवको जोड


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जातीय र वर्गीय आधारमा भइरहेको विभेदविरुद्ध सडक र संसद्मा लडाइँ गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । सप्तरीको सडक योजनाको शिलान्यास गर्ने क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

विभेद राष्ट्र निर्माणका लागि बाधक रहेकोले यसलाई जरैबाटै उखेल्नु पर्नेमा जोड दिए । यसैबीच उनले एकै दिन जिल्लाका चार वटा सडक निर्माण योजनाको शिलान्यास गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा थप दुई सडक र क्षेत्र नम्बर १ मा दुई वटा सडकको शिलान्यास गरेका हुन् ।

राजविराज नगरपालिका वडा नम्बर–१० स्थित पूजापाठ गरी दिघबा-बिरौल-डुमरी-भरुवा-झल्हीफर्सेठ-सिगियौंन-तिलाठी-चट्टी टोल-लोखरम-लालापट्टी सडकको उनले शिलान्यास गरे ।

उक्त सडकको कूल बजेट ५४ करोड ८९ लाख ५६ हजार ३ सय ७६ रुपैयाँ ३८ पैसा रहेकोमा रमण जेएस आइभी कन्सट्रक्सनसँग उक्त सडक ३१ करोड ३८ लाख ८७ हजार १ सय १८ रुपैयाँ ५६ पैसामा निर्माण गर्ने सम्झौता भएको छ ।

यसैगरी महदेवा गाउँपालिका वडा नम्बर-१ पकरीदेखि-सोनरा-तोपा हुँदै राजविराज वडा नम्बर १५ मुसहरनियाँ-विषहरिया सकरपुरा हुँदै रम्पुरा-डलवासम्मको सडक समेत शिलान्यास गरेका छन् ।

उक्त सडकको शिलान्यास तोपामा अध्यक्ष यादवले पूजापाठ गरी शिलान्यास गरेका हुन् । उक्त सडकको कूल बजेट कर ५४ करोड ६३ लाख हजार ७ सय ५१ रुपैयाँ रहेकोमा रमण जेएस आइभी कन्स्ट्रक्सनले ३१ करोड २४ लाख ८ हजार ३ सय २४ रुपैयाँ २८ पैसामा निर्माण गर्ने जिम्मा पाएको छ ।

यस्तै संघीय सरकारको रणनीतिक सडकअन्तर्गत कूल बजेट २५ करोडको लागतमा सप्तरीको भारदह डाढा, पकरी सडक खण्डलाई समेत भारदहमा पूजापाठ गरी शिलान्यास गरेका हुन् ।

राजविराजदेखि भारदहसम्म दुई लेनको रूपमा विकास गरिने जसपा केन्द्रीय सदस्य अशोक यादवले बताए ।

संघीय सरकार र मधेश प्रदेश सरकारको समपूरक अनुदानअन्तर्गत निर्माण हुने सडक खण्ड शिलान्यास कार्यक्रममा संघीय सरकारका भौतिक योजना तथा पूर्वाधार यातायात योजना मन्त्री रेणुकुमारी यादव, संघीय सांसद डा. सूर्य नारायण यादव, मधेश प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश सांसद मनिशकुमार सुमन राजविराज नगरपालिका मेयर शम्भु यादव, मधेश प्रदेश आम मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, सदस्य अमरेन्द्र यादवलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : ३० बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार