तिलोत्तमा प्रिमियर लिग ४ : नेपथ्य ज्ञानोदय र न्यू होराइजन विजयी « Khabarhub

तिलोत्तमा प्रिमियर लिग ४ : नेपथ्य ज्ञानोदय र न्यू होराइजन विजयी


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीमा जारी सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टीपीएलको आइतबारका खेलमा नेपथ्य ज्ञानोदय गोल्ड्स र न्यू होराइजन विजयी भएका छन् ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा नवजीवन क्रिकेट मैदानमा भएको पहिलो खेलमा तिलोत्तमा टाइगर्सलाई नेपथ्यले ३५ रनमा र दोस्रो खेल एकोन च्यालेन्जर्सलाई तीन विकेटले हराउँदै न्यू होराइजन विजयी भएका हुन् ।

पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको नेपथ्यले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनको योगफल बनायो । जसका लागि भीम सार्कीले ४८, महेश रानाले २२ रनको योगदान गरे । बलिङतर्फ सलिम अलिले ३ विकेट लिए । जबाफी ब्याटिङमा १५६ रनको लक्ष्य पाएको तिलोत्तमाले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएपछि हार बेहोर्नु पर्‍यो ।

१२० रन मात्रै जोड्न सकेको तिलोत्तमाका लागि सन्दीप जोराले २४, विजय प्रजापतिले २२ रन बनाए पनि जित हासिल गर्न सकेनन् । बलिङतर्फ प्रतिस जिसीले ३, करन विकले ४ विकेट लिए । पहिलो खेलमा करन विक म्यानअफ द म्याच भए ।

यस्तै दोस्रो खेलमा सुरुवाती ब्याटिङ गरेको एकोन च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२५ रनको योगफल तयार पारेको थियो । जसका लागि राजवीर सिंहले २५ र सविनशाक्यले रन बनाए । बलिङतर्फ बाबुराम क्षेत्रीले ४, महेश भरले ३ विकेट लिए ।

जबाफी ब्याटिङमा १२६ रनको लक्ष्य न्यू होराइजनले १९ दशमलव १ ओभरमा लक्ष्य पार गर्दे ३ विकेटले जित निकाल्यो । जसका लागि विपिन रावलले ३५, मनिस थापाले २२ रन बनाए ।

वलिङमा सन्तोष यादव र एक लाख अहमदले २–२ विकेट लिए । दोस्रो खेलमा नन्दन यादव म्यानअफ द म्याच भए । सोमबारको खेल भैरहवा–११ र मणिग्राम किंग्सबीच तथा दोस्रो खेल जेभी वरियर्स र शंकरनगरबीच हुने समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले जानकारी दिए ।

चौथो संस्करणको प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ९ : २३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर