क्याम्प-३ मा राजुको कन्सर्ट « Khabarhub

क्याम्प-३ मा राजुको कन्सर्ट


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सगरमाथाको क्याम्प-३ पुगेर गायक राजु लामाले मंगोलियन हार्ट ब्याण्डका चर्चित गीतहरू गाए । 

जलवायु परिवर्तनको संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले जोखिम ल्याएकोबारे सन्देश दिन कन्सर्ट गरेको राजुले बताए । जलवायु परिवर्तनको असरबारे सन्देश दिन उनले ६ हजार ५ सय ७४ मिटर उचाइमा कन्सर्ट गरेका हुन् । ‘यो उचाइमा गाउन त धेरै गाह्रो भएन हल्का सास फेर्न कठिन भयो,’ उनले भने, ‘किनभने मेरा गीतहरू तानेर गाउनुपर्ने छन् । हल्का ब्रेक गर्दै गाएँ ’ राजुले बताए।

जलवायु संकटविरुद्धको सन्देश दिन कन्सर्ट गरेको राजुले बताएका छन् । उनले किर्तिमान आफ्नो लागि प्राथमिकता नरहेको समेत प्रस्ट्याए । ग्लोबल वार्मिङ र जलवायु परिवर्तनजस्ता संकट सिर्जना हुनुमा १० प्रतिशत मानवीय प्रवृत्ति जिम्मेवार रहेको उनले बताए । 

राजुको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम समेत हो । यसअघि बेलायती गायक ओज बेल्डोनले १६ मे २०१२ मा मेरापिक हिमालको ६ हजार ४७६ मिटर उचाइमा कन्सर्टको गिनिज विश्व रेकर्ड राखेका थिए । 

मंगोलियन हार्टको यो कन्सर्टसँगै बेलायती गायकको अघिल्लो कीर्तिमान पनि तोडिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : ३१ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर