‘ए मेरो हजुर’ सिरिजमा ब्रेक  « Khabarhub

‘ए मेरो हजुर’ सिरिजमा ब्रेक 


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘ए मेरो हजुर ४’ को प्रदर्शन भएसँगै निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापाले सिरिजमा ब्रेक लगाएका छन् ।

 होम प्रोडक्सनबाट लगातार ‘ए मेरो हजुर’ सिरिज दर्शक समक्ष ल्याइरहेका थापा दम्पतीले यसलाई ब्रेक लगाउदै ‘भागवत गीता’ को काम अगाडि बढाएका छन् । फिल्मकी गीता अर्थात् सुहाना थापाको बर्थ डेमा सार्वजनिक गर्ने गरी फिल्मको भिडियो एनाउन्समेन्टका लागि टिजर छायांकन गरिएको छ । मंगलबारदेखि जनकपुरको जानकी मन्दिर परिसरमा फिल्मको टिजर छायांकन सुरु गरिएको हो । 

‘जनकपुर मन्दिर परिसरमा हिजो र आज छायांकन भयो । फिल्मको कथा जनकपुरसँग जोडिएको भएकाले पनि टिजर यही छायांकन गरेका हौँ । फिल्ममा जनकपुरलाई ४० प्रतिशतको हाराहारीमा कैद गर्नेछौँ’ निर्माता सुनिलकुमार थापाले भने । उनले झरनाको कथालाई पटकथाको स्वरूप दिन टिम व्यस्त भएको समेत बताए । ‘यहाँ छायांकन गरिएको दृश्य फिल्ममा समेत हुनेछ । हामीले यसलाई सुहानाको बर्थ डेमा सार्वजनिक गर्ने छौँ’ उनले भने । 

फिल्मको स-साना कलाकारहरु सहित अभिनेता पनि फाइनल भइसकेको निर्माता थापाले बताए । यद्यपि उनले यसलाई केही समय पश्चात मात्र रिभिल गर्ने सोच सुनाए । ‘हामी साउनको अन्तिम साताबाट छायांकनमा जाने छौँ । यसैले गर्दा पनि विस्तारै विस्तारै फिल्मको गतिविधि सहित टिमलाई चिनाउने छौँ’ निर्माता थापाले भने ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : १४ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६