काठमाडौं– नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट खुलेका छन् ।
असोज ३१ गते फूलपातीदेखि कार्तिक ८ गतेसम्मको लामो दसैँ बिदा सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट खुलेका हुन् ।
सरकारी कार्यालयहरू खुला भएसँगै काठमाडौंमा चहलपहल निकै बढेको छ । दसैँमा बन्द भएका व्यापार व्यवसायहरू पनि खुल्न थालेका छन् ।
त्यस्तै दसैँ बिदामा घर गएकाहरूको फर्कने संख्या पनि बढेको ट्राफिक कार्यालयले जनाएको छ ।














प्रतिक्रिया