नातिकाजी सम्मान तथा पुरस्कारबाट स्रष्टा सम्मानित « Khabarhub

नातिकाजी सम्मान तथा पुरस्कारबाट स्रष्टा सम्मानित


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार २०७७ बाट सोमबार विभिन्न व्यक्तिहरू सम्मानित भएका छन् । 

गत सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेकी हुन् । ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७७’ बाट रंग पत्रकार दिवाकर मैनाली र पत्रकार विजयरत्न तुलाधर सम्मानित भएका छन् । नातिकाजी स्मृति समाजले आयोजना गरेको नातिकाजी राष्ट्रिय विशिष्ट सम्मानतर्फ गायन विधामा नुपूर बनर्जी भट्टाचार्य सम्मानित भएकी छिन् । 

नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान बिबी थापा(रचना), नारायणदास कार्की ढली (वाद्यवादन), शीला पन्त (रचना), सीताराम पोखरेल (गायन-रचना), प्रदीप उपाध्याय (साउन्ड इन्जिनियर), कुन्ती मोक्तान (गायन), प्रभु ढकाल (शास्त्रीय संगीत), हरिभक्त बुढाथोकी (रचना), राजकुमार श्रेष्ठ (अर्केस्ट्रा- संगीत), शीतल कादम्बेनी (रचना) र सहदेव ढुंगाना (रचना) लाई प्रदान गरिएको छ । यसैगरी, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार अरुण तिवारी (रचना), सन्तोष श्रेष्ठ (संगीत), निशा देशार (गायन) लाई प्रदान गरिएको छ । 

नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार डिपी दाहाल (रचना), अर्जुन पोखरेल (संगीत), सिन्धु मल्ल (गायन), अजर जंगम (गायन) तथा नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार अमृतहिरा तुलाधर योगी (सितार)लाई सम्मानसहित पुरस्कृत गरिएको छ । नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार एलिस कार्की ढली, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार कृष्ण कँडेललाई दिइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : २४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४