नातिकाजी सम्मान तथा पुरस्कारबाट स्रष्टा सम्मानित « Khabarhub

नातिकाजी सम्मान तथा पुरस्कारबाट स्रष्टा सम्मानित


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार २०७७ बाट सोमबार विभिन्न व्यक्तिहरू सम्मानित भएका छन् । 

गत सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेकी हुन् । ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७७’ बाट रंग पत्रकार दिवाकर मैनाली र पत्रकार विजयरत्न तुलाधर सम्मानित भएका छन् । नातिकाजी स्मृति समाजले आयोजना गरेको नातिकाजी राष्ट्रिय विशिष्ट सम्मानतर्फ गायन विधामा नुपूर बनर्जी भट्टाचार्य सम्मानित भएकी छिन् । 

नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान बिबी थापा(रचना), नारायणदास कार्की ढली (वाद्यवादन), शीला पन्त (रचना), सीताराम पोखरेल (गायन-रचना), प्रदीप उपाध्याय (साउन्ड इन्जिनियर), कुन्ती मोक्तान (गायन), प्रभु ढकाल (शास्त्रीय संगीत), हरिभक्त बुढाथोकी (रचना), राजकुमार श्रेष्ठ (अर्केस्ट्रा- संगीत), शीतल कादम्बेनी (रचना) र सहदेव ढुंगाना (रचना) लाई प्रदान गरिएको छ । यसैगरी, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार अरुण तिवारी (रचना), सन्तोष श्रेष्ठ (संगीत), निशा देशार (गायन) लाई प्रदान गरिएको छ । 

नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार डिपी दाहाल (रचना), अर्जुन पोखरेल (संगीत), सिन्धु मल्ल (गायन), अजर जंगम (गायन) तथा नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार अमृतहिरा तुलाधर योगी (सितार)लाई सम्मानसहित पुरस्कृत गरिएको छ । नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार एलिस कार्की ढली, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार कृष्ण कँडेललाई दिइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : २४ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६