बोरिस जोनसनले युक्रेनी संसद्लाई सम्बोधन गर्दै ३० करोडको नयाँ सैन्य सहायताको घोषणा गर्ने « Khabarhub

बोरिस जोनसनले युक्रेनी संसद्लाई सम्बोधन गर्दै ३० करोडको नयाँ सैन्य सहायताको घोषणा गर्ने


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी संसद्लाई सम्बोधन गर्ने भएका छन् । उनले भिडियो लिंकमार्फत् युक्रेनको संसद् भेर्खोभ्ना राडालाई सम्बोधन गर्ने भएका हुन् ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता विदेशी नेताले युक्रेनी संसद्लाई सम्बोधन गर्न लागेको यो पहिलो घटना भएको बीबीसीले जनाएको छ ।

सम्बोधनका क्रममा जोनसनले युक्रेनका लागि थप ३० करोड पाउण्डको नयाँ सैन्य सहायता घोषणा गर्ने जनाइएको छ । नयाँ सैन्य सहायतामा जसमा विद्युतीय युद्ध उपकरण, एक एकाइ काउन्टर ब्याट्री रडार प्रणाली, जिपिएस जामिङ उपकरण र हजारौं रात्रिकालीन दृष्टि उपकरणहरू समावेश हुनेछन् ।

सम्बोधनका क्रममा उनले रुसी आक्रमणविरुद्धको प्रतिरोधलाई युक्रेनका लागि ‘उत्तम घडी’ भनेर स्वागत गर्ने बीबीसीले उल्लेख गरेको छ ।

‘दोश्रो विश्वयुद्धमा बेलायती जनताले यस्तो एकता र संकल्प देखाए कि हामीले हाम्रो सबैभन्दा ठूलो खतराको समयलाई हाम्रो उत्कृष्ट समयको रूपमा सम्झिन्छौँ । यो युक्रेनको उत्कृष्ट घडी हो, यो तपाईंको राष्ट्रिय कथाको एक महाकाव्यात्मक अध्याय हो जुन आउने पुस्ताले सम्झिनेछ र सम्झाइनेछ’ जोनसनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गत हप्ता बेलायतले रुसी विमानहरू विरुद्ध क्षेप्यास्त्र प्रहार गर्न सक्षम सशस्त्र वाहनहरू पठाउने योजनाको घोषणा गरेको थियो । अघिल्लो सहायतामा ट्याङ्क प्रतिरोधी क्षेप्यास्त्र प्रणाली, लडाकु विमानभेदी क्षेप्यास्त्र प्रणाली, विष्फोटक पदार्थहरु लगायत समावेश थिए ।

बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटले बताएअनुसार बेलायतले घेराबन्दीमा परेका युक्रेनी फौजलाई बन्दोबस्तीको सहायता प्रदान गर्न बेलायतले आगामी हप्ताहरूमा चालकरहित हवाइ प्रणाली पनि प्रदान गर्नेछ ।

कूटनीतिक रूपमा पनि बेलायतले युक्रेनको राजधानी किभमा आफ्नो दूतावास पुनः खोल्न लागेको जनाइएको छ । यसअघि प्रधानमन्त्री जोनसनले गत महिना युक्रेनको भ्रमण गरी त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : ५१ बजे

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी