फाइल फोटो

राजनीति

निर्वाचन आचारसंहिताको पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह

By खबरहब

May 03, 2022

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गरेका छन् । 

सामुदायिक रेडियो प्रसारक सङ्घ (एओर्याब) ले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले सार्वभौम जनताले आफ्नो जनप्रतिनिधि रोजेर शासनसत्तालाई वैधता दिने विधिका रुपमा रहेको निर्वाचन र निर्वाचनका समयमा सञ्चारमाध्यम राजनीतिक सञ्चार प्रवाह गर्ने सही मञ्च भएको समेत बताए।

 प्रमुख आयुक्त थपलियाले आयोगले जारी गरेको आचारसंहिता र सञ्चार क्षेत्रका आचारसंहिताको सही पालना हुने विश्वास व्यक्त गरे । प्रमुख आयुक्त थपलियाले सञ्चार जगतले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन पनि उत्तिकै भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा निर्वाचनका बेला रेडियो र रेडियोकर्मीले गर्न हुने र नहुने बुँदामा आधारित आचारसंहिता जारी गरिएको थियो ।