विद्यार्थी नेतृको राजनीतिक यात्रा : भ्रष्टाचारमुक्त उपमहानगरपालिका बनाउने मेघाको संकल्प | Khabarhub Khabarhub

विद्यार्थी नेतृको राजनीतिक यात्रा : भ्रष्टाचारमुक्त उपमहानगरपालिका बनाउने मेघाको संकल्प



काठमाडौँ– स्थानीय निर्वाचनको माहौलमा देश छ । स्थानीय तहमा आउँदो पाँच वर्षसम्मको लागि सेवा गर्ने उद्देश्यका साथ उम्मेदवारी दिइसकेका छन् ।

 स्थानीय तहमा सुशासन कायम गर्ने र डिजिटल स्थानीय तहको नारा आधिकांश युवा उम्मेदवारले दिइरहेका छन् । विशेषत स्थानीय तहमा युवाको सहभागिताले सेवालाई डिजिटल बनाउने योजना अगाडि बढिरहेका छन् । नेपालमा बढ्दो इन्टरनेटको प्रयोगले पनि यस किसिमको नारालाई अगाडि बढाउने दबाब युवामा छ । यद्यपि जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर बन्ने दौडमा रहेकी विद्यार्थी नेत्री मेघा शाहीले आफ्नो एजेन्डामा सुशासनलाई बढी जोड दिएकी छिन् । 

विद्यार्थी हकहितका लागि नेपाल विद्यार्थी संघमा सक्रिय रहेर राजनीतिमा उदाएकी मेघा शाही उद्योग, पर्सा राष्ट्रिय निकुञ्ज सहितको उपमहानगरपालिकामा सुशासनको मुद्दालाई पहिलो नम्बरमा स्थान दिएकी छिन् । ‘सुशासन कायम भए अन्य योजनालाई पनि टेवा पुग्छ । त्यसैले मेरो प्राथमिकताको नम्बर एकमा सुशासन छ । स्थानीय तहलाई भष्ट्राचार मुक्त बनाउनुका साथै सेवालाई सरल बनाउने प्राथमिकता मैले लिएकी छु’ उनले भनिन् । ‘स्थानीय तहमा युवा’ भन्ने नाराका साथ उपमेयर पदमा उम्मेदवारी दिएकी मेघा विद्यालयमा पढ्दै राजनीतिमा प्रवेश गरेकी मेघा नेविसंघको ठाकुरराम बहुमुखी क्याम्पस इकाई अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत भइसकेकी छिन् । सधैँजसो गुणस्तरीय शिक्षा र विद्यार्थी हकहितका एजेण्डा बोकेर आन्दोलनमा उत्रने मेघा अहिले जीतपुरसिमराको समृद्धि र सुशासनको एजेण्डा बोकेर चुनावी मैदानमा छिन् ।

व्यवस्थित सहरीकरण, सुशासन र नागरिक अधिकारको रक्षा नै आफ्नो मुख्य एजेण्डा बताउने मेघाले उपमेयरलाई दिएका अधिकारहरूको प्रयोग गर्दै जीतपुरसिमराका जनताको सेवा गर्ने आफ्नो लक्ष्य रहेको बताउँछिन् । सत्तारुढ गठबन्धनको तर्फबाट जीतपुरसिमरामा माओवादी केन्द्रका राजन पौडेल मेयरका प्रत्याशी छन् भने मेघा नेपाली कांग्रेसको तर्फबाट उपमेयर पदको प्रत्यासी छिन् । 

‘स्थानीय तहमा युवाको सहभागिता हुनुपर्छ अनि मात्र हामीले सोचेको स्थानीय तह बन्नेछ । हामीले बाहिर बसेर , वेवास्ता गरेर मात्र हामीले चाहेको स्थानीय तह त बन्दैन नी ? हामी मैदानमा आउनु पर्छ सँगै युवा विचारलाई पनि प्रवर्द्धन गर्नुपर्छ’ मेघाले भनिन् । युवालाई विश्वास गर्ने परिपाटी बढ्दो भएता पनि बदलावको लागि युवालाई भरोसा गर्नुको विकल्प नहुने उनी बताउँछिन्सुशासनको लागि भ्रष्टाचार अन्त्य गर्नुपर्नेछ । पुराना बिग्रिएका कामहरू सुधार्दै नयाँ कामको सुरुवात गर्नु पर्ने छ । मेरो उद्देश्य शिक्षा, स्वास्थ्य र सुशासनमा योगदान गर्नु हो’, उनी भन्छिन् ।

औद्योगिक हिसाबले पनि निकै सबल रहेको जीतपुरसिमरालाई श्रमिकहरूको नगर पनि भन्ने गरिन्छ । यसलाई उनले ‘श्रमिक अस्पताल’ को धारणासँगै सम्बोधन गर्ने बताइन । ‘हाम्रो अधिकांश जनसंख्या श्रममा खटिने भएकाले उनीहरूको शिक्षा र स्वास्थ्यमा पहुँचलाई सुलभ बनाउने योजना छ । हामीले संघ वा प्रदेशसँग समन्वय गरेर भए पनि श्रमिक अस्पताल सञ्चालन गर्ने सोचेका छौं’, उनी भन्छिन् ।

‘हामीलाई आफ्नो राजनीतिसँगै आफ्नो ठाउँको पनि विकास गर्नु छ । हामी फेरी जनता कहाँ पुग्दा आफ्नो एजेन्डा पुरा गरेर पुग्न चाहन्छौ । त्यसैले पनि हामीले पुरा गर्न सक्ने योजनाहरूलाई अगाडि ल्याएका छौँ’ मेघाले भनिन् । उनले श्रमिकहरूका लागि श्रमिक अस्पतालको आवश्यकता महसुस गरेकी छिन् । सहरी संरचनाको पर्याप्त निर्माण हुन नसकेको, खुला व्यवस्थित स्थान र पार्कको अभाव रहेको उनले औँल्याएकी  छिन् । 


मेघाले विद्यार्थीका लागि प्राविधिक शिक्षामा जोड दिएकी छिन् । ‘शिक्षाले नै समाजको मुहार फेर्ने हो । त्यसैले पनि शिक्षालाई विशेष महत्वका साथ अगाडि बढाउनु पर्छ’ उनले भनिन् । शिक्षासँगै स्वास्थ्यमा जोडी दिएकी मेघाले पर्यावरण स्वच्छ बनाउन पनि अग्रसर हुनुपर्ने बताउँछिन् । ‘उद्योग हाम्रो सम्पत्ति हो । यसले यहाँ धेरैलाई रोजगारी दिएको छ । यद्यपि त्यसबाट पर्यावरणलाई पर्ने असरलाई न्यून बनाउनै पर्छ’ उनले भनिन् । 

उनले आन्तरिक पर्यटन प्रर्वद्धनको समेत योजना बुनेकी छिन् । ‘पर्सा राष्ट्रिय निकुञ्ज व्यवस्थित बनाउनु सके मात्र पनि आन्तरिक पर्यटनलाई बढाउन सकिन्छु उनी भन्छिन् ‘हाम्रो काम गर्ने इच्छा शक्तिले हाम्रो बुनिएका योजनालाई मूर्तरूप दिन्छ । आफ्नो प्राकृतिक हिसाबले स्वच्छ, हराभरा र सुन्दर बनाउने गरी विकासको खाका ल्याउने योजना उनको छ ।  

आफू कानुनकै विद्यार्थी रहेकोले मधेसका महिलाहरुले भोग्ने गरेका समस्याहरुबाट उन्मुक्ति दिलाउन न्यायिक समितिमार्फत विशेष अभियान सञ्चालन गर्ने मेघाको योजना छ । जीतपुरसिमरा उपमहानगरपालिकामा ७० हजार ६४ जना मतदाता रहेका छन् ।

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ५ : ५९ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी