आज २०७९ साल जेठ २० गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७९ साल जेठ २० गते शुक्रबारको राशिफल


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल जेठ २० गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष: मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

वृष: आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ।

मिथुन : रोकिएका र अधुरा काम पुनः सुरु हुन सक्छन्। जागिर र कर्म प्रति चिन्तन बढ्नेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ।

कर्कट: आज पारिवारिक कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।

सिंह: आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। चिताएको कामले तीव्रता पनि लिनसक्छ। शुभकार्यको चर्चा चल्नेछ।

कन्या: फजुल खर्चले चिन्ता बढाउनेछ। मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ।

तुला: विशेष सामाजिक कृत्यमा सहभागीको अवसर मिल्नेछ। नयाँ भौतिक साधनको योजना बन्ला। पारिवारिक रमाइलो समेत हुन्छ।

वृश्चिक: लामो समयदेखि रोकिएका अधुरा काम पुरा हुन सक्छन् । मङ्गल कार्यको योजना बन्नेछ। खानपिनको परिकारले मन लोभ्याउनेछ।

धनु: रचनात्मक कार्यमा मन जानेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ।

मकर: सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। स्वास्थ्य प्रति सजग रहन जरूरी छ।

कुम्भ: आज नयाँ योजना र अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ। सन्तानबाट सुख पनि मिल्ला।

मीन: प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : १५ बजे

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

स्याङ्जा – स्याङ्जाको विरुवा गाउँपालिकामा जिप दुर्घटना हुँदा ११ जना

फलफूल आयात सहजीकरण गर्न माग

काठमाडौं – नेपाल फलफूल व्यवसायी महासङ्घले गैरभन्सार मार्गबाट हुने अवैध

पर्यटन क्षेत्रमा सुधार आवश्यक छ : पर्यटनमन्त्री पौडेल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन