गण्डकी प्रदेशका अर्थमन्त्री भने- ‘हाम्रो मन्त्रीमण्डल नै ठूलो भयो’ « Khabarhub

गण्डकी प्रदेशका अर्थमन्त्री भने- ‘हाम्रो मन्त्रीमण्डल नै ठूलो भयो’


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले सत्ता जोगाउनका लागि मन्त्रीमण्डल विस्तार गर्दा खर्चको आकार बढ्दै गएको बताएका छन् ।

अर्थ तथा विकास समितिको बैठकमा उनले प्रदेशको मन्त्रीमण्डल ७ जनामै सीमित गर्नुपर्ने बताएका हुन् । ‘आम्दानी भन्दा खर्च अधिक बढेको छ । यसलाई नियन्त्रण गर्न निकै गाह्रो भैसकेको छ । आजको यो ज्वलन्त समस्या हो ।

मन्त्रिमण्डल अव ठूलो भयो । ७ देखि ८ जना बनाउन पनि आवश्यक छैन,’ उनले भने, ‘कानुनले दिएको अधिकार प्रयोग गर्न त पाइयो तर प्रगति के भयो त ? उपादेयता के हो त ? पहिले धेरै सुझबुझका साथ ७ वटा मन्त्रालय बनेको रहेछ । हामी त्यो दिशातिर जान जोड गर्नुपर्छ ।’

उनले संघीय प्रणालीप्रति अविश्वास बढ्दै गएको भन्दै कार्यशैली फेर्नुपर्ने बताए । ‘हामीले नै हो प्रदेश र देश बनाउने । हिजो राजा महाराजा थिए, उनीहरुलाई निकै सराप्थ्यौं ।

अब देश र प्रदेश बनाउने जिम्मा हाम्रो हो, तर अनुभूति हुन सकेन । व्यवहारमा देखिएन । यसले गर्दा प्रणालीप्रति अविश्वास बढ्दै गएको छ,’ बराल भन्छन्, ‘अब जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ ।

प्रदेश सरकारका जति पनि जिल्लाका इकाईहरूलाई पालिकामा एकीकृत इकाईको रुपमा लैजान जरुरी छ । संघीयता र प्रणाली राम्रो बनाउन प्रदेश सरकारका कार्यालय पालिकामा लैजानुपर्छ । जिल्लामा खोल्दा खर्च मात्रै बढी भयो ।’अहिले प्रदेश सरकारले जिल्लाजिल्लामा मन्त्रालयगत कार्यालय खोलेको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ६ : २१ बजे

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित