गण्डकी प्रदेशका अर्थमन्त्री भने- ‘हाम्रो मन्त्रीमण्डल नै ठूलो भयो’ « Khabarhub

गण्डकी प्रदेशका अर्थमन्त्री भने- ‘हाम्रो मन्त्रीमण्डल नै ठूलो भयो’


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले सत्ता जोगाउनका लागि मन्त्रीमण्डल विस्तार गर्दा खर्चको आकार बढ्दै गएको बताएका छन् ।

अर्थ तथा विकास समितिको बैठकमा उनले प्रदेशको मन्त्रीमण्डल ७ जनामै सीमित गर्नुपर्ने बताएका हुन् । ‘आम्दानी भन्दा खर्च अधिक बढेको छ । यसलाई नियन्त्रण गर्न निकै गाह्रो भैसकेको छ । आजको यो ज्वलन्त समस्या हो ।

मन्त्रिमण्डल अव ठूलो भयो । ७ देखि ८ जना बनाउन पनि आवश्यक छैन,’ उनले भने, ‘कानुनले दिएको अधिकार प्रयोग गर्न त पाइयो तर प्रगति के भयो त ? उपादेयता के हो त ? पहिले धेरै सुझबुझका साथ ७ वटा मन्त्रालय बनेको रहेछ । हामी त्यो दिशातिर जान जोड गर्नुपर्छ ।’

उनले संघीय प्रणालीप्रति अविश्वास बढ्दै गएको भन्दै कार्यशैली फेर्नुपर्ने बताए । ‘हामीले नै हो प्रदेश र देश बनाउने । हिजो राजा महाराजा थिए, उनीहरुलाई निकै सराप्थ्यौं ।

अब देश र प्रदेश बनाउने जिम्मा हाम्रो हो, तर अनुभूति हुन सकेन । व्यवहारमा देखिएन । यसले गर्दा प्रणालीप्रति अविश्वास बढ्दै गएको छ,’ बराल भन्छन्, ‘अब जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ ।

प्रदेश सरकारका जति पनि जिल्लाका इकाईहरूलाई पालिकामा एकीकृत इकाईको रुपमा लैजान जरुरी छ । संघीयता र प्रणाली राम्रो बनाउन प्रदेश सरकारका कार्यालय पालिकामा लैजानुपर्छ । जिल्लामा खोल्दा खर्च मात्रै बढी भयो ।’अहिले प्रदेश सरकारले जिल्लाजिल्लामा मन्त्रालयगत कार्यालय खोलेको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ६ : २१ बजे

कांग्रेस दमक नगर सभापतिले छाडे पार्टी, बालेनलाई सघाउने

दमक– नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले पार्टीको पद

गगनविरूद्ध देउवाको रिट न्यायाधीश पोखरेलको इजलासमा, सुनुवाइको पालो मिल्ने सम्भावना कमजोर

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

पोखरामा एक सातादेखि सडकमै थुप्रियो फोहोर (तस्बिरहरू)

काठमाडौं– एक सातादेखि फोहोर नउठ्दा देशकै पर्यटकीय राजधानी पोखराका सडक

सरकारी बेवास्ताले स्वास्थ्य बीमा संकटमा, सेवा बन्द हुँदा बिरामी अलपत्र, निरिह कार्यकारीको राजीनामा

काठमाडौं- सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा पर्दै

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर  वृद्धि भएको छ ।