विद्रोहमा नयाँ आयाम दिने पप स्टार | Khabarhub Khabarhub

विद्रोहमा नयाँ आयाम दिने पप स्टार


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्वत्र बलात्कार विरोधी प्रदर्शन भएपछि पछिल्लो समय सेनेगलको कानुनमा परिवर्तन भएको छ। कानुनमा परिवर्तन गरिँदै बलात्कारलाई दुष्कर्मको साटो गम्भीर अपराधको सूचीमा राखिएको छ।

यौन अपराध, लज्जा र विश्वसनीयताको सवालमा एक पप स्टारले आफ्नै अनुभवलाई आधार मानेर सुरु गरेको बहस व्यापक मात्र सत्ताका लागि कानुन परिवर्तन गर्न बाध्यकारी अवस्थाको सिर्जना गर्यो।

सेनेगलको राजधानी डकारबाट दुई घण्टा टाढाको एउटा गाउँमा बस्ने लेडी माउनासले उनकै मातृ भाषामा गाएको गीत चर्चामा रहेको थियो। ‘मसँग लड्ने तागत छैन। यसलाई जोड दिने तागत छैन। मसँग आत्मविश्वास पनि छैन, तिमीले मलाई धोका दियौ। मसँग भएको सबैभन्दा प्रिय चिज पनि लियौ। कृपया महिला प्रति सद्भाव राखौँ।’

यौन अपराध, लज्जा र विश्वसनीयताको सवालमा एक पप स्टारले आफ्नै अनुभवलाई आधार मानेर सुरु गरेको बहस व्यापक मात्र सत्ताका लागि कानुन परिवर्तन गर्न बाध्यकारी अवस्थाको सिर्जना गर्यो।

सेनेगाली साङ्गीतिक क्षेत्रमा लेडी माउनास रसदार शब्द र ग्ल्यामरस शैलीका कारण परिचित थिइन्। त्यो गीत भने फरक थियो। २०११ मा दुई पुरुषबाट बलात्कृत भएकी उनी त्यसै दुर्घटनामा केन्द्रित रहँदै गीत गाएकी हुन्।

यो गीत गाउन मलाई कठिन भइरहेको थियो। किनकी यो गीतले मैले भोगेको पीडालाई सम्झाइ रहेको थियो। उनले भनिन्, ‘म धेरै रोएर नै रात कटाए। हरेक दिन मलाई त्यसै घटनाले सताइ रहन्थ्यो।’

माउनासले बताए अनुसार उनी प्रहरी कहाँ गएपछि ती दुई जना मध्यको एक जना पक्राउ परे। तर, कुनै सजाय बिना नै उनी रिहा भएका थिए। उनको परिवारले पनि घटनालाई ढाकछोप गर्न बल गरिरहेको थियो। तर, गत वर्ष एक टेलिभिजन अन्तरवार्तामा उनले यो कुरा सार्वजनिक गरेकी थिइन्।

अन्तरवार्ता लिँदै जाँदा माउनासका यो विषयमा बढी चासो र बढी संवेदना जोडिएको पाएका थिए। यसै क्रममा उनले रुँदै आफूले भोगेको घटना पनि बताएकी थिइन्। यसले उनको जीवनलाई नै सेनेगल समाजमा बहसको विषय बनाएको थियो।

कतिपयले उनको उत्तेजक गीत गाउने तरिकाले नै पुरुषलाई दिग्भ्रमित गराएको प्रतिक्रिया दिए भने कतिपयले सामाजिक स्टन्टका लागि यो कुरा गरेको आरोप पनि लगाए। धेरैले त अन्यको ध्यान आफूतर्फ आकर्षित गर्न यो कुरा गरेको आरोप लगाए। यी सबै घटनाले माउनासको मनमा कम्ती चोट पुगेको थिएन।

कतिपयले उनको उत्तेजक गीत गाउने तरिकाले नै पुरुषलाई दिग्भ्रमित गराएको प्रतिक्रिया दिए भने कतिपयले सामाजिक स्टन्टका लागि यो कुरा गरेको आरोप पनि लगाए।

उनकै परिवारले पनि सार्वजनिक रूपमा यो कुरा नराखेको भए राम्रो हुने आशयको कुरा मात्र गरेका थिए। त्यसपछि नै सेनेगलका धेरै युवती आफ्नो अनुभव बताउन लेडी माउनाससँग भेट्न चाहे।

त्यसपछि थुप्रै दर्दनाक कथा उनले सुन्दै गएकी थिइन्। आफ्नै हजुरबाबाट बलात्कृत भएको घटना पनि थियो। आफ्नै बाबुले बलात्कार गरेको घटना आमाले न पत्याएको पनि एक युवतीले माउनासलाई सुनाएकी थिइन्।

यी सबै घटनाले लेडी माउनासलाई यौन अपराधको विरुद्धको एउटा अभियन्ता बनाएको हो। उनी महिला जागरणका लागि सरकारी कार्यक्रम लिएर धेरै स्थानमा पुगिन्। त्यत्ति मात्र होइन, आवश्यक परेको समयमा महिलालाई कानुनी सहायता पनि दिन थालिन्। उनको गीत महिला अधिकारका पर्याय बन्न थाले।

सेनेगलमा महिलाले बलात्कृत भए पनि यस बारेमा कुरा गर्दा कलङ्कित हुने अवस्था थियो। यस कारण सबै जना मानिस यसका बारे कुरा गर्दा अनिच्छुक नै हुन्थे। यस विषयमा नै गीत गाउनु त बहादुरी नै हो। लेडी माउनासले यो गीत गाउँदा र सङ्गीतको माध्यमबाट यसको विरुद्धमा आवाज उठाउँदा कुनै लाज मान्नु नपर्ने बताएका छन्।

धेरै महिलाको पीडा त अझ फरक छ। यौन हिंसाको सिकार भएपछि परिवारबाट पनि बहिस्कृत हुनु पर्ने अवस्था त अझ धेरै पीडादायक नै हो। दुई महिला त घरबाट पनि निकालिएका थिए। ती दुवैलाई आश्रयको व्यवस्था पनि तीनै गायिकाले गरेकी थिइन्।

लेडी माउनासले यो गीत गाउँदा र सङ्गीतको माध्यमबाट यसको विरुद्धमा आवाज उठाउँदा कुनै लाज मान्नु नपर्ने बताएका छन्।

यसरी बलात्कृत भएर समाजबाट तिरस्कृत समेत भएकाका लागि त्यहाँको पूर्व राष्ट्रपतिकी छोरी यासीन डियुफले आश्रय स्थल सञ्चालन गरेकी छन्। लेडी माउनासाले पनि त्यो आश्रयस्थल भ्रमण गरेकी थिइन्। ‘ धेरै रिसाएका श्रीमान् र परिवारबाट टाढा राख्न यो स्थान खडा गरिएको हो’, डियुफले भनिन्।

त्यो शिविरले एक पटकमा २५ देखि ३० जनासम्मलाई उनीहरूको बच्चासमेत आश्रय दिनसक्छ। त्यहाँबाट निस्केपछि पनि स्वावलम्बी जीवन बाच्नका लागि उनीहरूलाई त्यसै स्थानमा सिप सिकाउने गरिएको थियो। १९ वर्ष भए पनि अझ कम उमेरकी देखिने डीना त्यसै आश्रय स्थलमा भेटिएकी एक किशोरी हुन्। सेतो टिसर्ट र जिन्समा सजिएकी उनी १५ वर्षकै उमेरमा बलात्कृत भएकी थिइन्। त्यसै बलात्कारको कारण गर्भवती भएकी उनको तीन वर्षको बच्चा पनि छ। ‘मलाई बलात्कार गर्ने त्यो पुरुषलाई प्रहरीले गिरफ्तार गरे पनि एक महिनापछि गलत प्रमाण पेस गरेर उ छुटेको थियो। मैले फेरि मुद्दा दर्ता गर्न खोज्दा उ भागेर गुयना पुगीसकेको थियो’ त्यो बिभत्स घटना सम्झँदै डीनाले भनेकी छिन्। कतिसम्म भने त्यस घटनापछि उनको अभिभावक पनि सम्बन्ध विच्छेद भएर छुट्टिएका छन्।

‘मलाई बलात्कार गर्ने त्यो पुरुषलाई प्रहरीले गिरफ्तार गरे पनि एक महिनापछि गलत प्रमाण पेस गरेर उ छुटेको थियो। मैले फेरि मुद्दा दर्ता गर्न खोज्दा उ भागेर गुयना पुगीसकेको थियो ।’

उनको छेउमा रहेकी १९ वर्षीय सहारा पनि बलात्कारको कारण गर्भवती भएकी छिन्। उनले यो कुरा गुपचुप नै राखेकी थिइन्। विस्तारै उनको पेटको बच्चा बढ्दै गएपछि बा अमाले पनि घरबाट निकाले। सडकमा सुती रहेको अवस्थामा फेला परेर उनलाई त्यस आश्रयस्थलमा लगिएको हो। शरणार्थी शिविरका काम गर्ने एक कर्मचारीका अनुसार त्यस समुदायमा बलात्कृत भएपछि घर र माइती दुवै पक्षले असाध्य हेला गर्छन्। यस कारण आश्रय स्थलको जरुरी छ।

सेनगलमै रहेकी महिला अधिकार अभियन्ता फताउन वार्खाले अहिले चलाएको ‘इनफ इज इनफ’ आन्दोलनले सेनेगलका नयाँ आयाम नै थपेको छ। उनले २३ वर्षीया बेइनिटा कमाराको बलात्कारको घटना बाहिर ल्याएपछि यसले सर्वत्र चर्चा बटुलेको थियो।

डकारमा भएको प्रदर्शनमा ३ हजार मानिस थिए। यसमा एक जना अल हाड्जी नोडया पनि थिइन्।  हाड्जीले सन् २०१९ मा ‘हि वर सी’ नामको अर्को अभियान सुरु गरेकी थिइन्। यसै अभियानमा सरिक छन्, इस्लामिक सङ्गठन जामराकी प्रमुख जामरा मामदाउ मक्तार गाये। यसै विद्रोहका कारण अहिले कानुनमा परिवर्तन भएको हो। संसद्को मतदान प्रक्रिया पुरा भएपछि सन् २०२० को १० जनवरीमा राष्ट्रपति म्याके स्कलले औपचारिक रूपमा नयाँ कानुन पनि ल्याएका छन्। यो कानुनसँगै बलात्कारको आरोपमा १० वर्ष जेल चलान गरिने छ।

पछिल्ला समय भएका हरेक परिवर्तनमालेडी माउनासको योगदान पक्कै महत्त्वपूर्ण छ। कुनै समय सेनेगलमा उत्तेजक गीतका लागि चर्चित यी स्टारको सामाजिक अभियानकै कारण केही समयपछि धेरै किशोरीले आफूले सुरक्षित भएको महसुस गर्न थालेका छन्।

त्यसो त यस भन्दा अगाडि सन् १९९९ मा दुष्कर्मको रूपमा बलात्कारलाई कानुनी कारबाहीको नियम आएको हो। दुई दशकपछि सन् २०१९ मा यौन अपराधका १ हजार २६ मुद्दा दर्ता भए। तर, यसको यकिन तथ्याङ्क भने छैन। पछिल्लो सुधारको रूपमा महिला प्रहरी नै धेरै बुथमा राख्न थालिए। जसका कारण पीडितले यौन अपराधको बारे रिपोर्ट गर्न सहज भएको महसुस गरे।

सिनीयर प्रहरी अधिकृत गेनीटायर गुस यसै कामका लागि फोकल पर्सन भएर लामो समय काम गरिन्। ‘बाडीनउगोच’ को रूपमा अर्को एउटा संस्था यो अभियानमा सक्रिय रहेको छ। यसको काम पीडितलाई सहयोग गर्ने हो।

गुइसे पछिल्लो समय सकारात्मक सुधार भइरहेको बताउँछिन्। अहिले सेनेगलको कानुन व्यवसायीको संस्थाले महिला अधिकारका बारे निःशुल्क कानुनी सल्लाह पनि दिने गरेको छ।

यी पछिल्ला समय भएका हरेक परिवर्तनमा ती गायिका लेडी माउनासको योगदान त पक्कै महत्त्वपूर्ण छ। कुनै समय सेनेगलमा उत्तेजक गीतका लागि चर्चित यी स्टारको सामाजिक अभियानकै कारण केही समयपछि धेरै किशोरीले आफूले सुरक्षित भएको महसुस गर्न थालेका छन्।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ७ : ३८ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन