अमेरिकामा नेपाली टोली : पहिलो अभ्यास खेलमा पराजित | Khabarhub Khabarhub

अमेरिकामा नेपाली टोली : पहिलो अभ्यास खेलमा पराजित


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका भ्रमणमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टिम बिहीबार पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको १९१ रनको लक्ष्य अल स्टार्सले ३३ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

अल स्टार्सको जितमा विमुल शर्माले ५० र गौरव बजाजले अविजित ४० रन जोडे । विपुलले ५१ बलमा चार चौका र दुई छक्का प्रहार गर्दा गौरवले ५८ बलमा दुई चौका प्रहार गरे । विपुल र गौरवले छैटौं विकेटका लागि ८३ रनको साझेदारीसहित अल स्टार्सलाई सहज जित दिलाएका थिए ।

नेपालका कप्तान सन्दिप लामिछानेले १० ओभरमा ४९ रन खर्चदै पाँच विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९० रनको योगफल तयार पारेको थियो ।

नेपालका आरिफ शेखले ७४ बलमा पाँच चौका मद्दतमा ६० जोडे ।

नेपालले क्रिकोणात्मक शृंखलाको पहिलो खेलमा जेठ २६ गते ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र असार १ मा अमेरिकाको समना गर्नेछ ।

ओमान तालिकाको शीर्ष स्थानमा छ भने नेपाल छैटौं स्थानमा छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ७ : ३८ बजे

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न