नृसिंह मन्दिर पिपरामठको पुनःनिर्माण गरिने « Khabarhub

नृसिंह मन्दिर पिपरामठको पुनःनिर्माण गरिने


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१४ को पिपरास्थित जीर्ण अवस्थामा रहेको नृसिंह मन्दिर पिपरामठको पुनःनिर्माण काम अघि बढाइने भएको छ ।

वीरगञ्ज महानगरपालिकाले १९४६ मा स्थापना भएको मन्दीर पुनःनिर्माण गर्ने तयारी गरेको हो । नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले पिपरामठमा पुगेर त्यहाँको अवस्था अवलोकन गरेपछि पुनःनिर्माण अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

पुरातात्विक सम्पदाका रूपमा रहेको पिपरामठ वीरगञ्जको ऐतिहासिक र धार्मिकस्थल भएको उल्लेख गर्दै उनले यसलाई पुरानै शैलीमा पुनःनिर्माण गरेर व्यवस्थित बनाइने जानकारी दिएका छन् ।

पुरातात्विक सम्पदाका रूपमा रहेको पिपरामठ, मर्मत र संरक्षण नगरिँदा जीर्ण बन्दै गएको छ । पिपरामठ गुठी संस्थानअन्तर्गत रहे पनि वीरगञ्जको सम्पत्ति भएकाले यसको संरक्षण र संवद्र्धन महानगरपालिकाले गर्ने नगरप्रमुख सिंहले बताए ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ८ : ४५ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ