सत्ता गठबन्धन केही व्यक्तिको मोलतोलको साधन मात्र हो : बाबुराम « Khabarhub

सत्ता गठबन्धन केही व्यक्तिको मोलतोलको साधन मात्र हो : बाबुराम


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको सत्ता गठबन्धनले देश र जनताको हित नगर्ने बताएका छन् ।

गए राति सामाजिक सञ्जालमार्फत उनले विपरीत वैचारिकको गठबन्धन महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने धारणा राखेका हुन्।

स्थानीय चुनावमा जस्तै संघ र प्रदेशको निर्वाचनमा पनि पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने चर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले ‘विपरीत विचारको गठबन्धन सधैँ हिलोको किलो झैं हल्लिने’ बताएका हुन्।

‘विपरित वैचारिक–राजनीतिक धरातलमा उभिएका दलहरूबीच भगत गणितीय आधारमा बन्ने गठबन्धन सधैँ हिलोको किलो झैँ हल्लने र केही महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ। त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन। दिगो लोकतान्त्रिक स्थीरता, सुशासन, समृद्धिका निम्ति गम्भीर ढंगले विकल्प सोचौं ।’ उनले लेखेका छन् ।

हाल सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गरी पाँच दल सहभागी छन्।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ८ : ५४ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित