विश्वकप छनोटका लागि नेपाल आज कतारसँग भिड्दै « Khabarhub

विश्वकप छनोटका लागि नेपाल आज कतारसँग भिड्दै


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १९ वर्षमुनिको महिला टी-२० विश्वकप छनोटका लागि आज (शुक्रबार) नेपाल कतारविरुद्ध खेल्दैछ ।

१४ खेलाडीसहित मलेसिया पुगेको नेपाली टिम प्रतियोगितामा सुखद सुरुआतको लक्ष्यमा छ । यो प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा खेल्नेछ ।

नेपालकी कप्तान कृतिका मरासिनीले पछिल्लो एक महिनादेखि निरन्तर बन्द प्रशिक्षणमा रहेकाले विश्वकप छनोटमा नेपालले अघिल्लो चरणमा स्थान बनाउनेमा विश्वस्त रहेको बताएकी छन् । प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, भुटान र कतार गरी ६ राष्ट्र सहभागी छन् ।

नेपालको तुलनामा अन्य टोली कमजोर देखिए पनि नेपालको कडा प्रतिस्पर्धा थाइल्यान्डसँग हुनेछ । पछिल्लो समय थाइल्यान्डविरुद्ध नेपाली टिमको प्रदर्शन सन्तोषजनक छैन। बाँकी खेलमा नेपालले शनिबार यूएईविरुद्ध, सोमबार भुटानविरुद्ध, मंगलबार थाइल्यान्डसँग र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।

नेपाली टिमः
कृतिका मरासिनी (कप्तान), स्‍नेहा महरा, शृष्टि जैसी, मनिषा उपाध्याय, अन्जली बिक, मनिषा रानामगर, अलिषा यादव, साना प्रविन, रन्जु श्रेष्ठ, आस्मा पुलामीमगर, सानु राजवंशी, किरण कुँवर, अनु कडायत, सुस्मिता भुसाल

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ९ : ३० बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग