गर्मीमा छालाको हेरचाह कसरी गर्ने ? « Khabarhub

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?



गर्मीयाममा तापक्रम बढ्ने भएकाले छालामा धेरै प्रकारका समस्या देखा पर्छन् । गर्मीकै कारणले घमौरा, पसिनाको एलर्जी , रौँको एलर्जी हुने गर्छ । साथै पसिना पनि धेरै निस्कने भएकाले ‘फर्मल इन्फेक्सन’ पनि हुने गर्छ । त्यो बाहेक युभी–लाइटको डेन्सिटी बढ्नाले घामको एलर्जी हुने गर्छ । सुख्खापनको कारणले गर्दा छाला फुट्ने, चिलाउने समस्या देखा पर्छ ।

छालामा पसिना निकाल्ने ग्रन्थि थुनिएर छालाभित्र नै पसिना रह्यो भने घमौरा आउँछ । बच्चाहरूमा पसिना निस्कने ग्रन्थिको राम्ररी विकास भएको हुँदैन । जब शरीरमा पसिना धेरै निस्किन्छ त्यो पसिना शरीरबाट बाहिर निस्कन पाएन भने समस्या देखा पर्छ ।

बच्चामा मात्र नभएर ठुलो मानिसमा पनि विभिन्न समस्या देखा पर्छन् । टाइट लुगा लगायो भने पसिना बाहिर निस्कन पाउँदैन । वा धेरै समय ननुहाउने मानिसमा पनि यस्ता समस्या देखा पर्छन् । कसैलाई धेरै ज्वरो आएको छ भने पसिना बाहिर निस्कन पाउँदैन र घमौरा आउन सक्छ।

बच्चाहरूमा धेरै समस्या
बच्चाहरूमा सुरुको एक दुई हप्तामा धेरै घमौरा देखिन्छ । जति उमेर बढ्दै जान्छ, पसिना निस्कने ग्रन्थि पनि विकसित हुँदै जाने भएकाले समस्या कम हुँदै जान्छ । बच्चाहरूमा काखीहरुमा आउँछ । बच्चाहरुको फेसमा ठुलो–ठुलो पिलो जस्तो देखिने फोका पनि आउने गर्छ ।

मानिसमा पनि नआउने भन्ने त होइन, कसैको ढाडहरुमा देखिन्छ । घमौरा कतिपय अवस्थामा उपचार नगरी पनि निको हुन्छ । घमौरा धेरै फैलिएको छ भने इन्फेक्सन पनि हुन्छ । यस्तो अवस्थामा एन्टिबायोटिक क्रिम लगाउनु पर्ने हुन्छ ।

पसिना निकाल्ने ग्रन्थिको प्वाल कुन लेभलमा थुनिएको छ, त्यो अनुसार घमौरा आउने गर्छ । एकदमै तल्लो लेभलमा थुनिएको छ भने ठूलो–ठुलो घमौरा आउने गर्छ । माथिल्लो लेभलमा थुनिएको छ भने पानी फोका आउन सक्छ । सामान्यतया आउने भनेको रातो रातो नै हुन्छ । यदि इन्फेक्सन भयो भने दुई–महिना एन्टिबायोटिक क्रिमसँगै औषधी खानु पर्ने हुन्छ।

उपचार कसरी गर्ने ?
साधारण रुपमा घमौरा निको पार्न चिसो पानीमा रुमाल भिजाएर छालालाई सफा गर्‍यो भने पसिना निकाल्ने ग्रन्थिको प्वाल खुल्छ । अनि बिस्तारै कम हुन्छ । साथै घमौरा भएको अवस्थामा कटनको लुगा लगाउने, सरसफाइमा ध्यान दिने गर्नु पर्छ । कसैलाई धेरै आयो भने माइल्ड स्टोरोइड क्रिम, क्यालामाइन लोसन लगाउनाले पनि केही कम हुन्छ ।

यदि इन्फेक्सन भएको छ भने एन्टिबायोटिक क्रिम दिने गरिन्छ । डाक्टरको सल्लाहबिना कुनै पनि क्रिम वा पाउडरको प्रयोग गर्नु हुँदैन । यस्ता प्रयोगले पसिना निकाल्ने ग्रन्थिको प्वाल थुनिन सक्छ । प्वाल थुनियो भने समस्या झन् बढ्न सक्छ ।

समस्या आउन नदिन के गर्ने ?
सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ । चिसो पानीले नुहाउने, कटनको लुगा लगाउने, टाइट लुगा नलगाउने, शरीर छोप्ने लुगा लगाउने गर्दा भने समस्या आउन कम हुन्छ । यस्तै, लोसन, मोस्चराइजर लगाउने, दिनमा ७ देखि ८ गिलास पानी पिउने गर्नु पर्छ ।

फेसको लागी फेसवास, सन् स्क्रिन क्रिम लगाउने, छाताको प्रयोग गर्ने गर्नुपर्छ । खाने कुरा भिटामिन ए, भिटामिन सी, भिटामिन ई, र एन्टिअक्सिडेन्ट भएका फलफूल र तरकारी खाँदा राम्रो हुन्छ । बाहिरका खानेकुरा ‘जकंफूड’ कम खानु पर्छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ११ : ४८ बजे

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय