विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात « Khabarhub

विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले विजयी शुरुवात गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा शुक्रबार बिहान भएको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रनको बनायो ।

नेपालका लागि आशमा पुलामी मगरले नटआउट ३२ र सृष्टि जैसीले नटआउट २३ रन बनाइन् । १ सय १८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कतार १५ ओभर ४ बलमा समेटिँदा मात्र ३८ रन मात्र बनाउन सक्यो ।

कतारलाई सस्तैमा समेट्न नेपालका लागि सृष्टि जैसीले ३ तथा स्नेहा महरा, कृतिका मरासैनी र अनु कडायतले २–२ विकेट लिइन् ।

छनोटअन्तर्गत नेपालले शनिबार यूएईसँग बिहान ११ बजे प्रतिस्पर्धा गर्नेछ । नेपालले आगामी सोमबार भुटान, मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ११ : ४० बजे

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा