ब्याड टच प्रकरण : फुर्पा भन्छन् 'गल्ति नहुँदा पनि माफी मागे'  | Khabarhub Khabarhub

ब्याड टच प्रकरण : फुर्पा भन्छन् ‘गल्ति नहुँदा पनि माफी मागे’ 


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो साता ‘कबड्डी ४ : द फाइनल म्याच’ हेरिसकेपछि अभिनेत्री मिरुना मगरले आफूलाई  ‘ब्याड टच’ गरेको भन्दै फुर्पा तामाङले थप्पड हानेकी थिइन् । त्यसपछि उनी कानुनी प्रक्रियामा अगाडि बढिन् । उनले नजिकैको प्रहरीलाई खबर गरेपछि फुर्पा पक्राउ परे । फुर्पा पक्राउको विरोध भएपछि उनी छुटे । फिल्म ‘कबड्डी ४’ कै टिमको सक्रियतामा मिरुनाफुर्पाले सहमति गरे । सहमति मौखिक मात्र नभई त्यो लिखित नै भयो । यद्यपि प्रहरीको रहेको यो मुद्दा अझै प्रक्रियामा छ । 

बुधबार फुर्पाले गल्ती स्वीकार गरेर माफी मागेको र मिरुनाले भाइ सम्झेर माफी दिएको भन्दै दुवैले हस्ताक्षर गरेको पत्र सार्वजनिक भएता पनि फुर्पाले एक भिडियोमा आफ्नो गल्ति नभएको बताएका छन् । एक भिडियोमा उनले कुराकानी गर्दै अभिनेत्री मिरुना मगरलाई बचाउन आफ्नो गल्ती नै नभए पनि माफी मागेको बताएका छन् ।  ‘पत्रमा गलत बुझाईका कारण घटना घटेको भनेर लेख्न खोजिएको थियो । तर, हिरोइनले यस्तो लेख्दा मान्छेहरूले नराम्रो भन्छन्, मलाई बचाउनुस् भनेर रोएपछि मेरो गल्ती नै नभए पनि मैले माफी मागेको भनेर पत्र बनाइयो’ फुर्पाले भनेका छन् । उनले हलमा मिरुना मगरमाथि आफूले दुर्व्यवहार नगरेको पनि स्पष्टीकरण दिएका छन् ।

फिल्म सकिएपछि सेलिब्रेटीहरू आएको थाहा पाएपछि आफू फोटो खिच्न  गएको उनले बताएका छन् । ‘फोटो खिचेर घुम्ने क्रममा भीड ठूलो भएकाले धकेलाधकेल हुँदा मेरो हात मिरुना मगरसँग ठोक्किन पुगेको हो’ फुर्पाले भने, ‘फिल्मको प्रदर्शन रोक्नु पर्ने र हिरोइनलाई धेरैले नराम्रो भन्न थालेकाले त्यस्तो नहोस् भन्नका लागि आफूले माफी पत्रमा हस्ताक्षर गरेको हो’ ।  

फुर्पाले कुराकानीकै क्रममा मिरुनाले थप्पड हानेपछि डराएको बताएका छन् । ‘उहाँले माफी माग्न भन्नुभयो । सबैले मतिर हेरिरहेकाले म डराएँ र तीन पटक सरी भनेँ । उहाँले थप्पड हानेपछि मलाई लाज लागेको थियो । अनि, म हलबाट साथीहरुसँग बाहिर निस्कँदै थिएँ त्यहीबेला मलाई प्रहरीले समात्यो ’ फुर्पाले भने । उनले एक व्यक्तिसँग भिडियो लाइभमा आफूसँग घटेको घटना बारे बोलेका हुन् ।

 

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  १२ : ३१ बजे

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग

पहलगम आक्रमणका योजनाकार मारिए

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुर्खेत– भेरी नदीमा पानीको सतह बढेको छ । भेरी नगरपालिका–१

अमेरिकामा बन्दुक आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा रहेको एक गगनचुम्बी महलमा भर्खरै भएको

काठमाडौंको नागपोखरीमा नागकाे पूजा (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी