ब्याड टच प्रकरण : फुर्पा भन्छन् ‘गल्ति नहुँदा पनि माफी मागे’  « Khabarhub

ब्याड टच प्रकरण : फुर्पा भन्छन् ‘गल्ति नहुँदा पनि माफी मागे’ 


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो साता ‘कबड्डी ४ : द फाइनल म्याच’ हेरिसकेपछि अभिनेत्री मिरुना मगरले आफूलाई  ‘ब्याड टच’ गरेको भन्दै फुर्पा तामाङले थप्पड हानेकी थिइन् । त्यसपछि उनी कानुनी प्रक्रियामा अगाडि बढिन् । उनले नजिकैको प्रहरीलाई खबर गरेपछि फुर्पा पक्राउ परे । फुर्पा पक्राउको विरोध भएपछि उनी छुटे । फिल्म ‘कबड्डी ४’ कै टिमको सक्रियतामा मिरुनाफुर्पाले सहमति गरे । सहमति मौखिक मात्र नभई त्यो लिखित नै भयो । यद्यपि प्रहरीको रहेको यो मुद्दा अझै प्रक्रियामा छ । 

बुधबार फुर्पाले गल्ती स्वीकार गरेर माफी मागेको र मिरुनाले भाइ सम्झेर माफी दिएको भन्दै दुवैले हस्ताक्षर गरेको पत्र सार्वजनिक भएता पनि फुर्पाले एक भिडियोमा आफ्नो गल्ति नभएको बताएका छन् । एक भिडियोमा उनले कुराकानी गर्दै अभिनेत्री मिरुना मगरलाई बचाउन आफ्नो गल्ती नै नभए पनि माफी मागेको बताएका छन् ।  ‘पत्रमा गलत बुझाईका कारण घटना घटेको भनेर लेख्न खोजिएको थियो । तर, हिरोइनले यस्तो लेख्दा मान्छेहरूले नराम्रो भन्छन्, मलाई बचाउनुस् भनेर रोएपछि मेरो गल्ती नै नभए पनि मैले माफी मागेको भनेर पत्र बनाइयो’ फुर्पाले भनेका छन् । उनले हलमा मिरुना मगरमाथि आफूले दुर्व्यवहार नगरेको पनि स्पष्टीकरण दिएका छन् ।

फिल्म सकिएपछि सेलिब्रेटीहरू आएको थाहा पाएपछि आफू फोटो खिच्न  गएको उनले बताएका छन् । ‘फोटो खिचेर घुम्ने क्रममा भीड ठूलो भएकाले धकेलाधकेल हुँदा मेरो हात मिरुना मगरसँग ठोक्किन पुगेको हो’ फुर्पाले भने, ‘फिल्मको प्रदर्शन रोक्नु पर्ने र हिरोइनलाई धेरैले नराम्रो भन्न थालेकाले त्यस्तो नहोस् भन्नका लागि आफूले माफी पत्रमा हस्ताक्षर गरेको हो’ ।  

फुर्पाले कुराकानीकै क्रममा मिरुनाले थप्पड हानेपछि डराएको बताएका छन् । ‘उहाँले माफी माग्न भन्नुभयो । सबैले मतिर हेरिरहेकाले म डराएँ र तीन पटक सरी भनेँ । उहाँले थप्पड हानेपछि मलाई लाज लागेको थियो । अनि, म हलबाट साथीहरुसँग बाहिर निस्कँदै थिएँ त्यहीबेला मलाई प्रहरीले समात्यो ’ फुर्पाले भने । उनले एक व्यक्तिसँग भिडियो लाइभमा आफूसँग घटेको घटना बारे बोलेका हुन् ।

 

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  १२ : ३१ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा