डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा छ : सञ्चारमन्त्री कार्की « Khabarhub

डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा छ : सञ्चारमन्त्री कार्की


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उनले सरकारले डिजिटल भुक्तानीलाई बढावा दिँदै आएको उल्लेख गरे । 

ब्राण्डवर्थ प्रालिले आज काठमाडौँमा आयोजना गरेको दोस्रो चरणको ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२’ लाई सम्बोधन गर्दै उनले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज मानेर नीति निर्माणमा समेत समट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस कार्यक्रमले डिजिटल नेपाल फेमवर्क कार्यक्रममा समेत सघाउ पुग्ने उनको भनाइ थियो ।

उनले भने, ‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छु, यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ, यो कार्यक्रम अवधिभर मात्र नभएर सधैँभरि कायम गर्नुपर्छ ।’ उनले यस कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रूपान्तरण गर्नुपर्ने जनाउँदै यस्ता कार्यक्रमबाट समाज प्रत्यक्षरूपमा लाभान्वित हुने बताए । 

सूचना प्रविधिको विकास बिना मुलुकको विकाससमेत असम्भव भएको जनाउँदै उनले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताए । दूरदराजका क्षेत्रमा समेत सूचना प्रविधि पहुँच पुर्‍याउन सहयोग गर्ने उल्लेख गर्दै मन्त्री कार्कीले सूचना प्रविधिको पहुँच सबै नागरिकमा पुर्‍याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको जानकारी गराए । इन्टरनेट सेवालाई अझ सस्तो, गुणस्तरीय बनाउन सरकार सकारात्मक रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  १२ : ४१ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित