अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना पक्राउ  « Khabarhub

अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना पक्राउ 


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– अर्काको नाममा परीक्षा दिइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोग र सवारी चालक अनुमतिपत्रको परीक्षा दिन लागिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । लोकसेवा आयोगले लिएको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका–२ का ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी पक्राउ परेका छन् ।  

हेटौंडा उपमहानगरपालिका–१ मा सञ्चालन भइरहेको लोकसेवा आयोगको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा बास्ताकोटीलाई प्रहरीले पक्राउ गरेको हो । महोत्तरीका अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराएका थिए । सोही आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको झोलाबाट नगद ५८ हजार ५०० रुपैयाँ र विभिन्न व्यक्तिहरूको ४ थान नागरिकतासमेत फेला पारी प्रहरीले बरामद गरेको छ । 

त्यस्तै हेटौंडा उपमहानगरपालिका–११ स्थित यातायात व्यवस्था कार्यालय हेटौंडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका–७ का २० वर्षीय सन्तोष गौतमलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै बुबा नाथ गौतमको ठाउँमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यातायात कार्यालयले प्रहरीलाई खबर गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  १ : ५८ बजे

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा

मधेस प्रदेशमा हरियाली क्षेत्र बढाउन आग्रह

धनुषा – मधेस प्रदेशका सभामुख रामअशिष यादवले मधेस प्रदेशमा तीन

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ – आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

अमेरिकाका दुई सैन्य विमान र हेलिकोप्टरमा इरानी आक्रमण, एक चालक बेपत्ता

काठमाडाैं – इरानसँगको तनाव सुरु भएको एक महिनापछि डोनाल्ड ट्रम्पले

आईपीएल : दिल्लीको लगातार दोस्रो जित, मुम्बई ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आठौँ खेलमा दिल्ली