फिल्म गर्ने तयारीमा नीति « Khabarhub

फिल्म गर्ने तयारीमा नीति


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोडलिङमा रमाइरहेकी नीति शाहलाई अब फिल्ममा देख्न पाइने भएको छ । मोडलिङ गर्दै धेरै फिल्मकर्मीले नोटिस गरेता पनि नीतिले फिल्ममा अभिनय गर्ने इच्छा देखाइनन् । उनलाई भुवन केसी, सन्तोष सेन लगायतका निर्माताले समेत फिल्मको लागि अफर गरेका थिए । यद्यपि उनले कसलाई ओकेु भनिनन् । तर, अब उनले फिल्ममा आफूलाई प्रस्तुत गर्ने तयारी गरेकी छिन् ।

उनले यसै वर्ष फिल्ममा प्रवेश गर्ने तयारी थालेकी हुन् । फिल्ममा काम गर्ने भएपछि म्यानेजरको रुपमा निराजन गिरीलाई नियुक्त गर्दै केही फिल्मको स्क्रिप्ट समेत अध्यन गरिरहेकी छिन् । ‘पहिला अफर आउँदा अहिले म कन्फिडेन्ट छैन भनेर पछाडि हट्नुभयो । अब चाहिँ फिल्ममा डेब्यू गर्नका लागि सकारात्मक हुनुहुन्छ । उहाँले फिल्मको स्क्रिप्ट पढिरहनुभएको छ तर कसैलाई सहमति दिनुभएको छैन’ उनका म्यानेजर गिरीले भने । फिल्ममा डेब्यूका लागि केही समयदेखि नीतिले जिमदेखि डान्स क्लास लिइरहेको पनि निराजनले जानकारी दिए ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  २ : २२ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित