नेपालमा पनि प्रदर्शन भयो ‘मेजर’  « Khabarhub

नेपालमा पनि प्रदर्शन भयो ‘मेजर’ 


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय फिल्म ‘मेजर’ नेपालमा पनि प्रदर्शनमा आएको छ । पछिल्लो समय साउथ इन्डियन फिल्महरू नेपालमा आउने क्रम बढ्दो नै छ । यही शिलशिलामा ‘मेजर’ नेपाल आएको हो ।  फिल्मलाई नेपालमा मिनरस इन्टरटेनमेन्टका सञ्चालक सुमन काफ्लेले भित्र्याएका हुन् । यसै फिल्ममार्फत फिल्म वितरणमा सक्रियता बढाएका सुमनले आउँदो दिनमा नेपालका दर्शकले हेर्न चाहेको फिल्म ल्याउने बताएका छन् । 

‘मेजर’ मा शहिद एनएसजी कमान्डो सन्दीप उन्नीकृष्णनको जीवनमा आधारित फिल्म हुनेछ। उन्नीकृष्णन मुम्बईमा नोभेम्बर २६ मा भएको आतंककारी आक्रमणमा सहिद भएका थिए। ‘मेजर’ को निर्माण तेलुगु सुपरस्टार महेश बाबुको कम्पनी जीएमबी इन्टरटेनमेन्ट, सोनी पिक्चर्स र ए प्लस एस मुभिजले निर्माण गरेका हुन्। 

फिल्मका निर्देशक शशि किरणले गरेका छन् । उनले फिल्ममा मेजर सन्दीपको जीवको अन्य पाटोलाई समेत देखाउने प्रयाश गरेको बताएका छन् । फिल्ममा मेजरको भूमिकामा अदिवी शेष छन् । अन्य कलाकारहरुमा साइ माञ्जेकर, प्रकाश राज, रेवन्ति, शोविता धुल्लिपल्ला रहेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  २ : ४० बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ