केन्यामा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा ४ जनाको मृत्यु « Khabarhub

केन्यामा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा ४ जनाको मृत्यु


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- अफ्रिकी मुलुक केन्याको पूर्वमा भएको एक प्रदर्शनमा प्रहरीले गरेको कारवाहीमा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।

केन्याको मासिम्बा क्षेत्रमा प्रदर्शनकारीहरुले प्रहरीका विरुद्धमा आन्दोलन गरेका थिए । उनीहरुको भिडलाई रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर ती आन्दोलनकारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सो क्षेत्रमा जंगली जनावरले दुःख दिएपछि त्यसका विरुद्धमा सरकारले कुनै कदम नचालेको भन्दै प्रहरीका विरुद्धमा स्थानीयले प्रदर्शन गरेका थिए ।

सो प्रदर्शनमा परी अरु सात जना घाइते भएका थिए । उनीहरुको स्थानीय अस्पतालमा उपचार जारी रहेको बताइएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार हालै सो क्षेत्रमा हात्तीले एकजना स्थानीय शिक्षक मारेको थियो । जंगली जनावरबाट बचाउन सरकारले कुनै कदम नचालेको भन्दै स्थानीय त्यसका विरुद्धमा आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ३ : ०९ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको