प्लानिङ ब्वाइज बी डिभिजनमा बढुवा « Khabarhub

प्लानिङ ब्वाइज बी डिभिजनमा बढुवा


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्लानिङ ब्वाइज युनाइटेड बी डिभिजन लिगमा बढुवा भएको छ  । शहीद स्मारक सी डिभिजन लिगको १३ औँ  खेलमा जित निकाल्दै प्लानिङ बी डिभिजनमा बढुवा भएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार दिउँसो भएको खेलमा प्लानिङले रेलिगेसनमा परेको ओएसिसलाई ५–० गोलअन्तरले पराजित गरेको हो ।

प्लानिङको जितमा फागु राम थारुले ह्याट्रिक गरे भने तथा अर्जुन कुमार राना र ओम प्रकाश चौधरी १–१ गोल गरे । प्लानिङका फागु राम म्यान अफ द म्याच घोषित भए ।

यस्तै, काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँढे १२ बजे सुरु भएको स्पोर्ट्स एकेडेमी साँगा र आरसी ३२ फुटबल एकेडेमी बीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।

गोल बराबरीमा सकिएसँगै आरसी ३२ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएर बी डिभिजनमा बढुवा हुने सपना अपुरो भएको हो । लिगको अन्तिम खेलमा भने झापा फुटबल क्लब र स्वयम्भू क्लब दिउँसो साढे ३ बजे भिड्नेछन् ।

बी डिभिजनमा बढुवा भइसकेको झापा पनि ११ औँ जित निकाल्न चाहन्छ । स्वयम्भू भने तेस्रो जितको खोजीमा छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ३ : १९ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग