जेठको पहिलो हप्तासम्म २ खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात « Khabarhub

जेठको पहिलो हप्तासम्म २ खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा जेठ महिनाको पहिलो हप्तासम्ममा भारतबाट २ खर्ब ५७ अर्ब बराबरको पेट्रोलिय पदार्थ आयात भएको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै एक खर्ब बढी भएको बताए । 

प्रतिनिधिसभामा मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बडुले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन गरी चालु आर्थिक वर्षको हालसम्म नेपाल आयल निगमलाई ३७ अर्ब घाटा भएको बताए । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ३८ करोड लिटर पेट्रोलियम पदार्थ तथा ४ लाख ७८ हजार मेट्रिक टन एलपी ग्यास खरिद गरिएको थियो । र सो बापत इण्डिय आयल कर्पोरेसनलाई एक खर्ब ५८ अर्ब भुक्तानी गरेको थियो ।  

चालु आर्थिक वर्षको जेठ महिनाको पहिलो हप्तासम्ममा करिब दुई खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात भइसकेको मन्त्री बडूको भनाई छ । रुस र युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको र पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यमा अप्रत्याशित वृद्धि भइरहेको कारण नेपालमा पनि बाध्यात्मक रूपमा मूल्य वृद्धि गर्नुपरिरहेको उनको भनाइ छ । 

नेपाल आयल निगमले १९ जेठमा पेट्रोल, डिजेल र मट्टीतेलको बिक्री मूल्यमा १० रुपैयाँ घटाएको थियो । उक्त मूल्य समायोजना गर्दा पनि पेट्रोल प्रति लिटरमा ४१.४० रूपैयाँ घाटा रहेको मन्त्री बडूले बताए । मासिक एक अर्ब ८३ करोड घाटा, डिजेलमा २८.३३ रुपैयाँ प्रति लिटर घाटा रहि मासिक तीन अर्ब ७३ करोड घाटा र एलपी ग्यासमा ७५१.१४ रुपैयाँ प्रतिसिलिन्डर घाटा रही मासिक २ अर्ब ८६ करोड घाटा रहेको उनको भनाइ छ । मट्टीतेल र हवाई इन्धनमा भने मासिक ६५ करोड नाफा रहेको उनले बताए ।

सबै नाफा घाटा मिलाउँदा हाल सात अर्ब १७ करोड रुपैयाँ घाटा रहेको उनको भनाइ छ । चालु आर्थिक वर्षको हालसम्म नेपाल आयल निगमलाई ३७ अर्ब घाटा भइसकेको छ । नेपाल आयल निगमले इण्डिय आयल कर्पोरेसनलाई सन् २०२२ जुन महिनाको पहिलो किस्ता वापत १६ अर्ब र बाँकी बक्यौता बराबर अर्को १६ अर्ब गरी जम्मा ३२ अर्ब आगामी सन् २०२२ जुन ८ तारिखसम्म भुक्तानी गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ३ : २७ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि